फेक सगरमाथा आरोहण : ५ नेपाली र ४ विदेशीको खुल्यो रहस्य !

  पत्रपत्रिका
119 Shares

काठमाडौं । ५ नेपाली र ४ विदेशी नागरिकले यस पटकको वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण नै नगरी झूटो विवरण पेस गरेको रहस्य फेला परेको खबर कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।


पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए । विभागमा उजुरी परेपछि छानविन गर्दा सगरमाथा आरोहण गरेको प्रमाण फेला नपरेको निर्देशक आचार्यले बताइन् ।
झूटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन् । साथै ५ नेपाली शेर्पाले पनि सगरमाथा चढ्दै नचढी फेक आरोहणको प्रतिवेदन बुझाएका थिए । सगरमाथा चढ्दै नचढी झुठ्ठो विवरण पेश गर्नेलाई हिमाल आरोहणमा रोक लगाइन्छ । अब यी ९ जनालाई सगरमाथा आरोहणमा रोक लगाइन्छ की लगाइदैन हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार