मुख्यमन्त्री राईले गरे खुम्बु क्लाईमिङ सेन्टरको उद्घाटन !

Facebook Debugger

सोलुखुम्बु । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले खुम्बु क्लाईमिङ सेन्टरको विधिवत रुपमा उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबीच खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ स्थित फोर्चेमा मुख्यमन्त्री राईले हिमाल आरोहण गर्न तालिम दिने खुम्बु क्लाईमिङ सेन्टरको उद्घाटन गरेका हुन् ।


विगत लामो समयदेखि फोर्चेमा क्लाईमिङ सम्बन्धी तालिम सो क्लाईमिङ सेन्टरले दिँदै आएको छ । केहि विदेशीहरुको लगानीय उक्त तालिम सेन्टर निर्माण भएको बताइएको छ । कार्यक्रममा शेर्पा समुदायको नृत्य समेत देखाइएको थियो ।
कार्यक्रममा सोलुखुम्बु प्रदेश ‘ख’ सांसद बुद्धिकुमार राजभण्डारी, खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पा, वडा ४ अध्यक्ष लक्ष्मण अधिकारी लगायत पर्यटन व्यवसायी तथा स्थानीयको उलेख्य उपस्थिति रहेको थियो । मुख्यमन्त्री राई लगायत अतिथिहरु दुईवटा हेलिकोप्टर चढेर कार्यक्रम स्थलमा पुगेका थिए ।

Published On:  457पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार