पर्यटन व्यवसायी आङछिरिङलाई ‘उत्कृष्ठ व्यवसायी’ अर्वाड (भिडियोसहित)

‘पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन मुश्किल छ’ : सांसद राई

  बुद्धवीर बाहिङ
63 Shares

काठमाडौं । पर्यटन व्यवयासी आङछिरिङ शेर्पा सम्मानित भएका छन् । फ्रेण्डसिप युथ क्लब सल्लेरी सोलुखुम्बुले शेर्पालाई प्रथम फ्रेण्डसिप युथ क्लब अवार्ड २०७५ को ‘उत्कृष्ठ व्यवसायी’ अवार्डद्धारा सम्मान गरेको हो ।


शेर्पालाई सोलुखुम्बुका सांसद हेमकुमार राई ‘सुरवीर’ र फ्रेण्डसिप युथ क्लब सोलुखुम्बुका अध्यक्ष महेश किरातीले संयुक्त रुपमा ताम्रापत्र र अवार्ड प्रदान गरी सम्मान गरेका हुन् । शेर्पा लामो समयदेखि पर्यटन व्यवसायीको रुपमा स्थापित सफल व्यवसायी हुन् । उनी खुम्बुपासाङल्हामु गाउँपालिका ४ खुम्जुङका स्थायी बासिन्दा हुन् ।

‘पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन मुश्किल छ’ : सांसद राई

प्रतिनिधीसभाका सांसद हेमकुमार राई ‘सुरवीर’ले सरकारको पर्यटन वर्ष २०२० को आलोचनात्मक टिप्पणी गरेका छन् । सत्तारुढ दलको सांसद भएपनि राईले खुलेर सरकारको आलोचनात्मक टिप्पणी गरेका हुन् ।


‘सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेको लामो समय बितिसकेको छ, अब आउने वर्ष पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, तर यस्तै भौतिक संरचना र नीतिले २० लाख पर्यटक भित्र्याउन हामीले सक्छौं की सक्दैनौं भन्ने आम पर्यटन व्यवसायी र सरोकारवाला निकायमा शंका छ ।’ सांसद राईले भने, ‘सुन्छु प्रदेश १ मा पर्यटन वर्ष २०२० का लागि समिति गठन भयो अरे, सोलुखुम्बु जिल्लाको न उद्योग वाणिज्य महासंघ परेको छ, न प्रदेश र संघीय जनप्रतिनिधी नै ? पर्यटन वर्ष झापा र मोरङलाई मात्र लागेको हो ?’


फ्रेण्डसिप युथ क्लबका अध्यक्ष महेश किरातीले संस्थाको उद्देश्य अनुसार सोलुखुम्बुमा काम गरिरहेको बताए । ‘अरु धेरै गैरसरकारी संस्थाहरु नाफामुखि भैरहेका छन् । तर, हामी नाफामुखि हुनु छैन ।’ अध्यक्ष किरातीले भने, ‘पर्यटन वर्ष २०२० का लागि हामी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई हरदम सघाउन तयार छौं ।’


सम्मानित व्यक्ति तथा सफल पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले फ्रेण्डसिप युथ क्लबले २०७५ सालकै उत्कृष्ठ व्यवसायीको सम्मानपत्र र अवार्ड दिँदा नेपालको पर्यटन क्षेत्रमा थप केहि सकारात्मक काम गरेर देखाउनु पर्ने दायित्व बढेको बताए । ‘यो सम्मानपत्र र अवार्डको भारी मैले बोक्न सक्छु की सक्दिन, त्यो कुराले मलाई बारम्बार पिरोलीरहेको छ ।’ शेर्पाले भने, ‘झनै सोलुखुम्बुको पर्यटन क्षेत्रमा थप नयाँ आयम ल्याउनको लागि मलाई हौसलाको साथै चुनौती थपिएको मैले महशुस गरेको छु । म नेपालको पर्यटन क्षेत्रमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’


फ्रेण्डसिप युथ क्लब लुक्ला शाखाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी सोलुखुम्बुका यूवा नेता नाम्गेल शेर्पाले लुक्लास्थित फ्रेण्डसिप युथ क्लब शाखाले निर्माण गरेको खेलकुद मैदानमा फुटबल र भलिबल सिकेर अहिले स्थानीय, प्रदेशहुँदै राष्ट्रियस्तरसम्म खेलाडि पुगेको स्मरण गरे । यूवा नेता शेर्पाले पर्यटन वर्ष २०२० को लागि जिल्लाको तर्फबाट आवश्यक तयारीका लागि सांसदहरुलाई जुट्न आग्रह समेत गरे । ‘पर्यटन वर्ष २०२० का लागि हाम्रा माननीय सांसदहरुले कसरी जिल्लामा पर्यटन जाने वातावरण बनाउनु भएको छ । त्यसलाई विस्तृत रुपमा अगाडि लैजानु पर्यो ।’ नेता शेर्पाले भने, ‘तपाईहरुले बनाउनु भएको नीति र कार्यक्रम तत्कालै हाम्रो जिल्लामा लागू गर्नु पर्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार