सिउँदोमा सिन्दुर लगाउँनै लाग्दा मण्डपमै आएर गलफ्रेण्डले भकाभक बेहुला पिटेपछि … !

119 Shares

एजेन्सी । हिन्दु परम्परा अनुसार विवाह गरिरहेका एक युवाले सिउँदोमा सिन्दुर लगाउँनै लाग्दा मण्डपमै आएर उनकी गलफ्रेण्डले पिटेकी छन् । गर्लफ्रेण्डको छिमेकमै बस्ने युवतीसँग विवाह गर्न आएका बेहुलालाई उसकी गर्लफ्रेन्डले पिटेकी हुन् ।


यो घटना भारतको उत्तराखण्डस्थित विकासनगरको हो । हरिद्वारमा बस्ने युवा विवाहको लागि विकासनगर आएका थिए । तर त्यसको खबर युवाको गर्लफ्रेण्डसम्म पनि पुग्यो । त्यसपछि बेहुलीकोे घर पुगेर गलफ्रेण्डले मण्डपमै गएर भकाभक बेहुलालाई पिट्न थालिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार पिटाइपछि गर्लफ्रेण्डले युवालाई प्रहरीमा बुझाएकी छन् । गर्लफ्रेण्डले प्रहरीमा दिएको बयानमा आफूसँग विवाह गर्ने आशा देखाएर कैयौंपटक शारीरिक सम्बन्ध राखेको आरोप लागाएकी छन् ।
तीनवर्ष अघि उनीहरुको चिनजान भएको थियो । चिनजानसँगै झाँगिएको मित्रता अन्ततः प्रेममा परिणत भएको युवतीले बताइन । घटनापछि विवाह रोकिएको छ । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार