अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायती युवराजलाई किन भने ‘ह्वेल’ … !

0 Shares

बीबीसी । भर्खरै बेलायत भ्रमण सकेर फर्किएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुक्रबार एउटा ट्विट निकै विवादि र भाईरल भएको छ । ट्विटमा राष्ट्रपछि ट्रम्पले बेलायतका युवराज चार्ल्सलाई ‘प्रिन्स अफ व्हेल्स’ भनेपछि विवादमा आएका हुन् ।


खासमा युवराज चाल्र्सलाई ‘प्रिन्स अफ वेल्स’ भनिन्छ । यो बेलायतमा राजकुमारलाई दिइने एउटा उपाधी हो । जुन उपाधी १२ औं शताब्दी यता बेलायतका राजकुमार जो वेल्समा जन्मिएका थिए, उनीहलाई दिने गरिएको छ । विश्वको राजा भन्ने अर्थमा सो उपाधी दिन थालिएको हो । युवराज चार्ल्स बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका जेठा छोरा हुन् ।
ट्रम्पले आफ्नो ट्विटमा ककसलाई भेटेको भन्ने प्रसंगमा सो ट्विट गरेका हुन् । पछि त्यसलाई राष्ट्रपति ट्रम्पले सच्याएका थिए । तर, ट्विटेहरुले व्हेलको राजकुमार यस्तो हुन्छ होला भनेर अनेका खालका तस्वीर राखेर रमाइलो गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार