२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

भक्तपुरमा पनि गुठी विधेयकविरुद्ध आन्दोलन ! (फोटोफिचर)



भक्तपुर । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा भक्तपुरमा पनि आन्दोलन शुरु भएको छ ।


काठमाडौंबाट शुरु भएको आन्दोलन ललितपुरहुँदै भक्तपुरसम्म पुगेको हो । आइतबार थिमीमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले थिमीमा मसाल बालेर गुठी विधेयकको विरोध गरेका थिए ।
सयौंको संख्यामा आएका प्रदर्शनकारीले सिठ्ठि बजाउँदै सरकार विरुद्ध चर्को नाराबाजी गर्दै शहर घुमेका थिए । विभिन्न प्लेकार्डका साथ आएका प्रदर्शनकारीले साँझमा मसाल बालेर विरोधको नारा लगाउँदै शहर परिक्रमा गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ३ : ०८ बजे