२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

ईलाम समाज बेलायतको १० औं वार्षिक उत्सव मनाईदै !



काठमाडौं । ईलाम समाज बेलायतको १० औं वार्षिक उत्सव भव्य रुपमा मनाउन लागिएको छ । यही आउने जुलाई ६ तारिख शनिबारका दिन ईलाम समाज बेलायतको वार्षिक उत्सव बेलायतमै भव्य रुपमा मनाउन लागिएको हो ।


ईलामबाट बेलायत गएर विभिन्न पेशा, व्यवसाय गरिरहेका ईलामेलीहरुलाई एकताबद्ध गर्दै सामूहिक रुपमा अगाडि बढ्नको लागि ईलाम समाज बेलायतको स्थापना भएको हो । १० वर्ष अघि स्थापना भएको समाजले विभिन्न समाजिक कामहरु पनि गर्दै आएको छ ।
विदेशी कर्मभूमीमै भएपनि नेपाली कला, सँस्कार, सँस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई नेपाली सँस्कृति हस्तान्तरण गर्ने समाजको उद्देश्य रहेको छ । समय सयममा समाजले बेलायतमा रहेका ईलामेलीहरुलाई विभिन्न कार्यक्रम गरी एक आपसमा भेटघाट गरिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ३ : ३१ बजे