अवतारी लामाका बुवा दावागेल्जेन !

  कुम्भराज राई
448 Shares

जोरसल्ले, सोलुखुम्बु । आठवर्षअघि खुम्बुपासाङल्हामु गाउ“पालिका ३ जोरसल्लेका दावागेल्जेन र टासीफुटी शेर्पाको दोश्रो सन्तानको रुपमा छोरा जन्मियो । छोरा जन्मि“दा परिवारमा खुशीयाली नछाउने कुरै भएन । दुधकोशी नदी किनारमा होटल व्यवसाय गर्दै आएका दावागेल्जेनले छोरा जन्मिएपछि ‘दुई सन्तान इश्वरको बरदान’ भनेझैं ठाने । छोरी जन्मिएको चारवर्षको अन्तरमा छोरा जन्मिएको थियो ।

दोश्रो सन्तानको रुपमा जन्मिएका छोराको नाम लामाले न्वारानामा सोनामफिन्जु राखिदिए । छोरा हुर्किदै गए । अढाई वर्षको भएपछि बोल्न थाले । बोल्न थालेपछि बाटोमा हि“ड्ने बटुवालाई आफ्नो गाउ“घरको खबर सोध्न थाले । कतिपयलाई धेरै पहिलेदेखि प्रष्ट चिनेझैं गरि नाम काढेरै बोलाउ“थे । बाटो हि“ड्ने बटुवा पनि छक्क पर्थे । छोराको अनौठो व्यवहारले दावागेल्जेन र टासी बेलाबेलामा अचम्मित हुन्थे ।
‘अलि प्रष्ट बोल्दै गएपछि त मेरो घर यो होइन सम्म भन्न थाल्नुभयो ।’ दावागेल्जेनले भने, ‘विस्तारै छिमेकी र अन्य सबैले सोनामफिन्जु साधारण बालक नभएको अनुमान गरे ।’ पछि उनको क्रियाकलापको सन्देश रोल्वालिङ गुम्बासम्म पुग्यो । गुम्बाका मान्छेले आएर हो कि हैन भनेर पुष्टि गर्ने काम हु“दा उनी अवतारीको रुपमा जन्म लिएको प्रष्ट भयो ।
सा“ढे तीनवर्षको उमेरपछि हलेसीमा उनको गद्दी आरोहण गरियो । गद्दी आरोहणका बेला रोल्वालिङबाट उनका अघिल्लो अवतारका तीन छोरी एक छोरा आए । उनको यो अवतार तेश्रो थियो । रोल्वालिङमो उनी विवाहित र परिवार सहित थिए । दोश्रो अवतारका बेला उनको बढी मदिरा सेवनको कारण निधन भएको थियो । उनको निधन भएको चारवर्षपछि तेश्रो जन्म लिएका थिए । उनले अघिल्लो जन्मका छोराछोरी देख्ने बित्तिकै चिनेर बोलाए ।

अहिले उनी सोलुखुम्बुकै थामे गुम्बामा छन् । गुम्बामा उनको नाम ङवाङठिलेन पल्वर राखिएको छ । उनले अब बौद्धधर्मको अध्ययन शुरु गरेका छन् । अवतारीले अघिल्लो जन्ममा लिइएको ज्ञान पुन एकपटक पढ्नुपर्ने चलन छ । ‘एकपटक सबै ज्ञानहरु फेरी पढ्नै पर्ने नियम हुनेरहेछ ।’ दावागेल्जेनले भने, ‘तर सामान्य लामाहरुले भन्दा अवतारीले एकपटक पढेपछि छिटो ज्ञान प्राप्त गर्न सक्ने क्षमता उहा“हरुमा रहन्छ ।’ अघिल्लो जन्ममा आफूले प्रयोग गरेका सामान र आफन्तको पहिचान सजिलै गर्न सक्ने क्षमता अवतारीमा हुने उनले बताए ।
बौध धर्ममा सामान्यतया शुद्ध आत्मा भएको बुवाआमाको कोखबाट अवतारीले जन्म लिने विश्वास गरिन्छ । अवतारी लामालाई सामान्य लामाको रुपमा हेरि“दैन । हाल दावागेल्जेन र टासीको कोखबाट जन्म लिएका अवतारीले उनीहरुलाई बुवाआमा भनेर सम्बोधन गरेपनि बुवाआमाले उनलाई छोरा भन्दैनन्, लामा भनेरै सम्मानसाथ सम्बोधन गर्ने गर्छन् ।
उनी गुम्बाबाट बाहिर कतै जा“दा उनका शिक्षक (गुरु) स“गै हि“ड्ने चलन छ । एकछिन पनि एक्लै छोडिन्न । ‘कहिलेका“ही एकदुई दिन बस्ने गरि आउनुहुन्छ ।’ दावागेल्जेनले भने, ‘त्यतिखेर हामीले उहा“को लुगाकपडा स“गै राख्नु, सुत्नु हु“दैन । जुठो पार्नु मिल्दैन । बस्दा एउटै लेभलमा बस्नु मिल्दैन । हामी जहिले पनि अवतारी लामा भन्दा एकतह तल बस्नुपर्ने हुन्छ ।’ अवतारीलाई बौद्धधर्ममा शक्तिशाली मान्ने चलन छ ।
आफ्नो कोखबाट जन्मिएका सन्तान अवतारीको रुपमा जन्मिएकोमा दावा र टासी खुशी छन् । शुरुमा अनौठो लागेपनि पछि बुझ्दै जा“दा खुशी लागेको उनीहरुले बताए । ‘सामान्य व्यक्ति मात्र जन्मिएको भए हाम्रो छोराको रुपमा मात्र हुन्थ्यो होला ।’ दावागेल्जेनले भने, ‘अवतारी लामाको रुपमा जन्मिएपछि सबैको छोरा, सबैको लामा हुनुभयो हामी खुशी छौ“ ।’ खुम्बुक्षेत्रमा अवतारीको रुपमा जन्मिएका उनी दोश्रो हुन् । यसअघि खुम्बुमै जन्मिएका अर्का अवतारी लामा त्याङबोचे गुम्बामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार