२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

भयानक बस दुर्घटना अपडेट : मृतको संख्या ४४ पुग्यो, ३५ घाईते !


एजेन्सी

६ असार २०७६, शुक्रबार  

42
Shares

एजेन्सी । भारतको हिमाञ्चल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । भयानक दुर्घटनामा घटनास्थलमै २५ जनाको मृत्यु भएको थियो । ३५ जना घाइतेको उपचार भइरहेको छ । बसमा जम्मा ७९ जना सवार भएको भारतीय प्रहरीले जानकारी दिए ।


सडक भन्दा बस झण्डै ५०० फीट गहिरो खोल्सामा परेको जनाइएको छ । साँघुरो र पहाडी सडकखण्ड भएको हुँदा ठुलो दुर्घटना भएको हो । भारतको हिमाचल प्रदेशको कुल्लूमा भएको बस दुर्घटनामा घटनास्थलमा नै २५ जनाले ज्यान गुमाएका थिए । कुल्लूको बान्जार नजिकै दुर्घटना भएको भारतीय अधिकारीहरुले बताएका छन् । दुर्घटनाको खबर पाउँने वित्तिककै प्रहरी त्यसतर्फ लागेको थियो । स्थानीय र प्रशासनको बलमा उद्धार कार्य भएको थियो ।
कुल्लूका एसपी शालिनी अग्निहोत्रीले बसमा ७९ जना यात्रु भएको कुरा पुष्टि गरेका छन् । उनका अनुसार अहिलेसम्म २५ जनाको शव निकालि सकिएको छ । बस कल्लू बान्जार क्षेत्र देखि एक किलोमीटर अगाडी भियोठ मोड़ नजिकै अचानक खेल्सामा खसेको थियो । मृतकहरुको पहिचान हुन सकेको छैन । उक्त बसमा जम्मा ४८ सिट रहेकोमा ७९ जनालाई लिएर गइरहेको थियो ।

 यो पनि पढ्नुहोस । 

Sagarmatha

६० जना सवार बस खोलामा खस्यो ? २५ जनाको मृत्यु, २५ घाईते !

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ४२ बजे