क्रोएसियाकी राष्ट्रपतिको काम देखेर संसारभरिका मानिस चकित !

1k Shares

एजेन्सी । विश्वमा रहेका देशका प्रमुख वा कार्यकारी प्रमुखले आफ्नो काम आफै गर्लान ? यो प्रश्न तपाईलाई कसैले सोध्यो भने तपपाईले उत्तर के दिनुहुन्छ ? तपाईको उत्तर हुनेछ, कति देशका प्रमुख वा कार्यकारीले गर्लान !


तर आफ्नो दैनिक जीवनमा गरिने सम्पूर्ण काम भने कमैले मात्र गर्दछन् । त्यो पनि घरको पेन्टिङ गर्ने ? हामी आफ्नो घरको पेन्टिङ गर्न त पेन्टरलाई बोलाउँछौं भने, देशको प्रमुखले आफ्नो घरको पेन्टिङ आफै गर्छन् त ? भन्ने कुरालाई हामी हावामा उडाई दिन्छौं । वकबास हो भन्छौं ।
तर, क्रोएसियाकी राष्ट्रपति कोलिण्डा ग्रावर किटारोभिक आफ्नो काम आफै गर्छिन् । त्यत्ति मात्र होइन उनले आफ्नो घरको पेन्टिङ समेत आफै गर्छिन् । घरको सम्पूर्ण काम पनि उनी आफै गर्छिन्, भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर उनले काम गर्दै गरेको फोटो देखेपछि भने तपाईलाई पत्याउन करै लाग्छ ।
उनी प्रायः विहानदेखि बेलुकीसम्म क्रोएसियाली जनताको खुशी र विकासमा ध्यान दिन्छिन् । अनि विदाको दिनमा घरधन्दा लगायत करेसाबारीमा गएर तरकारी गोडमेल समेत गर्छिन् । सँधै व्यस्त रहनु पर्छ भन्ने उनको मान्यता छ । त्यसैले त क्रोएसिया पछिल्लो समय तीव्र आधुनिक विकासका साथ प्रतिव्यक्ति आय १२ हजार ३ सय ६४ डलर पुर्याएको छ ।


त्यसैगरी अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा पनि आफ्नो काम आफै गर्छन् । विश्वका धेरै देशका पूर्व राष्ट्रिपतिहरु आलिशान महलमा दर्जनौं सुसारे लिएर बसेका छन् । हाम्रै देश नेपालको कुरा गर्दा पनि पूर्व राष्ट्रपति रामवरण यादव आलिसान महलमा दर्जनौं सुरासेका साथ बसेका छन् । तर, पूर्व राष्ट्रिपति ओबामा भने आफ्नै घरमा बसेका छन् । उनी आफ्नो घरको काम मात्र होइन, बालबालिकाहरुलाई खेलौना बाड्न समेत आफै जान्छन् । त्यो पनि बोरामा खेलौना बोकेर । उनको दैनिकी प्रत्यक्ष रुपमा देख्नेले मात्रै यो कुरा पत्याउन सक्छ । यदि बाराक ओबामा अमेरिकाको पूर्व राष्ट्रपति हो भनेर मात्र जानेको छ भने यस्तो कुराले उसलाई छुदैन । अनि पत्याउँदैन पनि !
पूर्व राष्ट्रिपति ओबामा मात्र होइन उनकी छोरी साशा ओबामा पनि सामान्य रेष्टुरेण्टमा काम गर्छिन् । विश्वका अधिकांश देशका उच्च ओहदामा भएका छोराछोरीहरु चिल्लो गाडिमा कुनै काम नगरी दिन बिताउने गर्छन् । तर ओबामाको छोरी भने ८ घण्टासम्म रेष्टुरेण्टमा काम गर्छिन् । जसले गर्दा उनलाई पकेट खर्च अभिभावकलाई माग्नु पर्दैन् ।


विकसित देशका सम्पूर्ण नागरिकहरु काममा खुब खटिन्छन् । सकारात्मक कुरा मात्र गर्छन् । देश विकासको लागि सरकारलाई आम नागरिकले पूर्ण रुपमा सहयोग गर्छन् । जसले गर्दा उनीहरुको देशले विकास लगायत अन्य गतिविधिमा सँधै अगाडि हुन्छन् । त्यसैले हामीले पनि यस्ता देशका उदाहरणीय कामहरुलाई आत्मासाथ मात्र गर्ने हो भने पनि देश विकासमा केहि मात्रामा भए पनि टेवा पुग्नेमा दुई मत नहोला !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार