मानव तस्करको पञ्जामा नेपाली युवती : मासिक ८० हजारको लोभमा यौनदासी …!

Facebook Debugger

एजेन्सी । पछिल्लो समय नेपालमा अन्तराष्ट्रिय मानव तस्करको गिरोह सक्रिय भएको एक तथ्यांकले देखाएको छ । नेपाली युवतीहरुलाई राम्रो रोजगारी र तलबको लोभमा पारेर मानव तस्करले केन्या पुर्याएर यौनदासी बनाउने डरलाग्दो रहस्य खुलेपछि मानव तस्करीको गिरोह सक्रिय भएको हो ।


मानव तस्करको पहिलो नजर गरिब, वैदेशिक रोजगारीमा जान चाहने युवतीहरुमाथि पर्ने गरेको छ । वैदेशिक रोजगारमा राम्रो काम र मनग्य तलब मिलाईदिने भन्दै विभिन्न मेनपावर कम्पनीमा तस्करहरु चहार्ने गरेको गोप्य श्रोतबाट पत्ता लागेको छ । गाउँबाट काठमाडौं आएका युवतीहरु पनि उनीहरुको निगरानीमा पर्दछन् । गाउँबाट आएका युवतीहरु काठमाडौं डेरामा बस्दा विभिन्न समस्यासँग मुकाविला गर्दागर्दै हायलकायल भैसकेपछि उनीहरुको मन वैदेशिक रोजगारीमा जाने भएकाले तस्करले उनीहरुलाई फलो गर्ने गरेको तथ्य खुल्न आएको छ ।
अन्तराष्ट्रिय मानव तस्करीबारे अनुसान्धान गरिरहेको प्रहरीले पछिल्लो समय नेपालमा पनि मानव तस्करहरुको चहलपहल बढेको पत्ता लगाएको हो । नेपालबाट केन्या पुर्याएका धेरै युवतीहरु डान्स बार, रेष्टुरेण्ट र विभिन्न नाईट क्लबहरुमा काम गरेको पनि तथ्य फेला परेको छ । त्यत्तिमात्र होइन, ती क्षेत्रमा काम गर्दा ग्राहकको चाहना अनुसार आफूले शरीरनै सुम्पिनु पर्ने बाध्यत्मक परिस्थिति समेत सिर्जना गरिने पीडित युवतीहरुको भनाई छ ।
नेपालबाट युवतीलाई केन्या पुर्याएपछि ‘मुज्रा’ डान्सको अभ्यास गर्न लगाइन्छ । केहि दिन अभ्यास गरेपछि उक्त डान्स बार, रेष्टुरेण्ट र नाईट क्लबमा देखाउनु पर्छ । केन्या पुर्याउने बिक्तिकै उनीहरुको पासपोर्ट खोसेर राखिन्छ । यौनदासी र बाल मजदुरको ट्रान्जिट पोइन्ट भइसकेको केन्या अहिले गन्तव्य नै बनेको छ ।

यो पनि पढ्नुहोस । 

संसारको अहिलेसम्मकै छाडा विवाह ! नव दम्पतिले के के गरे ? (फोटोफिचर)

Published On:  317पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार