७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

विश्वलाई नै तरंगीत बनाईरहेको बाबुछोरीको मृत तस्वीर !



एजेन्सी । अमेरिका प्रवेश गर्न नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएका बाबुछोरीको कारुणिक तस्वीर अहिले विश्वभर भाईरल भएको छ । एल साल्भाडोरका बाबुछोरी अमेरिका–मेक्सिको सीमा पार नर्गे नदी किनारामा मृत अवस्थामा भेटिएको हो ।


मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको हो । नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान गरिएका छ । पत्रकार जुलियाले खिचेको सो तस्वीरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ ।
तस्वीरमा छोरी अझै बाबुको ढाडमै छिन् । २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिन्छन् । उनले एउटा हातले बाबुको घाँटीमा समातेकी छिन् । न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन् । तस्वीरले आप्रवासीको अमेरिका यात्रा कति दर्दनाक छ, भन्ने देखाएको छ । साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेका थिए ।
सन् २०२० मा अमेरिकामा निर्वाचन हुँदैछ । निर्वाचन नजिक आएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिमा कडाइँ गरिरहेका छन् । गत महिना अमेरिकाले गैरकानुनी आप्रवासी रोक्न मेक्सिोकोलाई चेतावनी दिएको थियो । केहीलाई विमान चार्टड गरेर आ–आफ्नो घर फर्काइरहेका छन् । आर्थिक प्रतिबन्धको त्रासका कारण मेक्सिकोले पनि आप्रवासी रोक्न प्रयास गरिरहेको छ । दुवै देशको कडाइँका कारण अमेरिका जान खोज्ने विभिन्न देशका गैरकानुनी आप्रवासी अप्ठ्यारोमा परेका छन् ।

अमेरिकामा आतंकवाद घटाउनका लागि मेक्सिको सीमामा थप पर्खाल लगाउनुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ । विश्वकै ध्यान तान्ने दुःखद घटनाले एस साल्भाडोरले समेत ठूलो चर्चा पाएको छ । विदेशमन्त्री अलेक्सजेन्ड्रा हिलले आफ्नो ज्यान जोखिममा पारेर अमेरिकाको सपना नदेख्न सार्वजनिक अपिल गरेका छन् । ‘यतिबेला हाम्रो देश शोकमा डुबेको छ । परिवार तथा अभिभावकलाई म बिन्ती गर्छु आफ्नो ज्यान जोखिममा नपार्नुहोस् । जीवन सबैभन्दा मूल्यवान छ,’ उनले देशबासीलाई सम्बोधन गर्दै भनेका छन् । अमेरिका जाने क्रममा मृत्यु भएका पिता र छोरीको परिवारलाई सरकारले क्षतिपूर्ति दिने राष्ट्रपति बुकिलीले घोषणा गरेका छन् ।

Sagarmatha

यो पनि पढ्नुहोस ।

अनौठो रेष्टुरेण्ट : जहाँ बिकिनी लगाएका युवतीले खाना ल्याउँछन् ! (फोटोफिचर)

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १ : ०८ बजे