२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

गाउँसभामा होहल्ला गर्ने काँग्रेस नेता ३ घन्टा प्रहारीको नियन्त्रणमा !


११ असार २०७६, बुधबार  

7
Shares

मोरङ । कानेपोखरी गाँउपलिका मोरङको पाँचौं सभा मंगलबार रमाइलो स्थित आफ्नै हलमा समापन हुनै लागेको थियो । सभा सकिन लाग्दा केही प्रतिनिधि हलबाट बाहिरिन्दै थिए । यतिकैमा गाउँपालिका–२ का तीर्थ कार्की बाङ्गो खुट्टा पार्दै सभाहलको ढोकै पुगेर लात्ती हान्न थाले ।


बाहिर निस्कदै गरेका प्रतिनिधिले सोधे के भयो ? कार्कीको कुरा थियो म नोकरहरुसँग बोल्दिन सिधै मालिक (गाउँपालिका अध्यक्ष ताराबाहादुर काफ्ले)सँग बोल्छु । घट्नाको प्रत्यक्ष दर्शी एक जनप्रतिनिधिले भने अध्यक्ष बाहिर ननिस्केपछि सम्पूर्ण जनप्रतिनिधिलाई अश्लील शब्द प्रयोग गर्दै “तारा काफ्ले (मुर्दाबाद, “नेकपा पार्टी मुर्दाबाद)” जस्ता नारा एक्लै लाउदै हल्ला गर्न थालेपछि रमाइलो प्रहरी चौकीले नियन्त्रण लिएको थियो । कार्कीलाई करिब ३ घण्टा नियन्त्रणमा राखेर काँग्रेस पार्टीको दवाबमा प्रहरी चौकीले राती नै छाडेको स्रोतले बतायो ।
सार्वजनिक स्थलमा आएर जथाभवी गाली गलैज गर्ने कार्कीलाई प्रहरीले छाडेपछि जनप्रतिनिधिहरुले प्रहरीसँग छोड्नुको कारण खोजेका थिए । गाउँसभामा मादक पदार्थ सेवन गरि अश्लील शब्दसहित हो हल्ला गर्ने कार्की नेपाली कांग्रेसका पूर्व केरौन गाविस सभापति र स्थानीय चुनावमा कानेपोखरी गाउँपालिका वडा नं. २ बाट नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट पाएर पराजित भएका व्यक्ती हुन् ।
मंगलबार ३ घण्टा प्रहरीको नियन्त्रणबाट छुटेका कार्की बुधबार भने नेपाली कांग्रेसको टोलीसहित गाउँपालिका आएर आगामी दिनमा यस्तो कार्य नहुने प्रतिबद्धता गर्दै जनप्रनिधिहरुसँग माफी मागेको उपप्रमुख राजमती लिम्बूले बताए ।
कार्कीको माफी माग्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्षहरु सुशिल बुढाथोकी, खड्ग बस्नेत र चरण गुरुङ, वडा सदस्य मुना श्रेष्ठ रहेका थिए । विषयले ठूलो रुप लिन लागेपछि काग्रेस टोली गाउँपालिका पुगेर कार्कीलाई माफी मगाएको एक जनप्रतिनिधिले बताए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : १७ बजे