एसईई नतिजा : नेकपा नेतृ शान्ताको ‘बी’, अभेनेत्री करिश्माको ‘बी’ प्लस !

काठमाडौं । बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा नेकपा नेतृ शान्ता चौधरीकोभन्दा अभिनेत्री करिश्मा मानन्धरको बढि अंक ल्याएकी छिन् ।


नेतृ शान्ता चौधरीले ‘बी’ ग्रेड ल्याएकी छन्, भने अभिनेत्री मानन्धरले ‘बी’ प्लस ल्याएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन्, भने करिश्माले ३ ल्याएकी छिन् ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।
यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

यो पनि पढ्नुहोस । 

एसईईको नतिजा यसरी हेर्नुहोस । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार