एसईईको नतिजा यसरी हेर्नुहोस !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको छ ।


परीक्षाफल प्रकाशन भएपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । जसका लागि परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np मा नतिजा हेर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
सबै क्षेत्रका परीक्षार्थीका लागि वेबसाइटबाट नतिजा हेर्न असम्भव हुन सक्छ त्यसैले वेबसाइट उपयुक्त नहुने र इन्टरनेटको पहुँच नभएका परीक्षार्थीले आफ्नो मोबाइलबाट सजिलै नतिजाबारे जानकारी लिन सक्नेछन् ।
जसका लागि नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० डायल गरी त्यहाँ भनिएको निर्देशन पालना गर्नुपर्ने हुन्छ । त्यस्तै, नेपाल टेलिकम र एनसेल दुवै प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर नतिजाबारे जानकारी लिन पनि सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार