काठमाडौं । रसुवामा आएको भोटेकोशी नदीको भीषण बाढीमा परी हालसम्म ९५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र २० जनाको पहिचान खुल्न बाँकी छ।
प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वमा शव भेटिएका छन्।
बाढीमा घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै, टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, वेत्रावती र हाकु क्षेत्रका २८ जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।








