२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

काठमाडौं उपत्यकाका ६ स्थानबाट आइतबारदेखि ग्यास बिक्री तथा साटफेर


२३ आश्विन २०८३, शुक्रबार  

7
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्ताको सहजताका लागि आउँदो आइतबार (असोज २५ गते) देखि ६ वटा विभिन्न स्थानबाट एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेर हुने भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले ३१ असोज शनिबारसम्म लागु हुने गरी हरेक दिन बिहान (स्३) बजेदेखि अपरान्ह ४स्३० बजेसम्मका लागि उपत्यकाका विभिन्न ६ स्थानमा यस्तो व्यवस्था मिलाएको जानकारी दिएको छ ।

संघले तोकेका ती ६ वटा विशेष बिक्री केन्द्रहरूमा फरक(फरक ब्रान्डका ग्यासहरू उपलब्ध हुनेछन् । जसअन्तर्गत काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास, र बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा साटफेर हुनेछ ।

Sagarmatha

यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उपभोक्ताले आफ्नो सहजताका लागि ती केन्द्रहरूमा फोनमार्फत पनि सम्पर्क गर्न सक्नेछन् ।

भारतका विभिन्न रिफाइनरीहरूबाट ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ ।

उपत्यकामा ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि नजिकिँदै गरेको चाडपर्वको अवसरमा केही उपभोक्ताले सहजै ग्यास नपाएको र एक(अर्काको ब्रान्डको सिलिन्डर साटफेर गर्न व्यवस्था नहुँदा समस्या भएको गुनासो गरेपछि त्यसलाई सम्बोधन गर्न यो कदम चालिएको संघका अध्यक्ष दिवान चन्दले बताए ।

नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था लागू गरिएको हो ।

तोकिएका यी स्थानहरूमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने संघका सदस्य उद्योगहरूका ग्यास सिलिन्डर मात्र साटफेर हुनेछन् । साथै, तोकिएका यी विशेष बिक्री केन्द्रहरूबाहेक अन्य स्थानमा भने यसरी सिलिन्डर साटफेर नहुने संघले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : ५५ बजे