हेर्न लाज लाग्ने असार १५ : सस्तो लोकप्रियताका लागि एक दिन हिलोमा ! (फोटोफिचर)

  बुद्धवीर बाहिङ
224 Shares

काठमाडौं । वर्षमा एक दिन असार १५ आउँछ । ३ सय ६५ दिनै माटोमा काम गर्ने कृषकलाई त असार १५ ले खासै फरक पार्दैन । तर, सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालमा ट्रोल बनाउनेहरुका लागि भने विशेष दिन भएको छ असार १५ ।


असारलाई नेपाली कृषकहरुले मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा लिन्छन् । असार पहिलो हप्तादेखिनै कृषकहरुलाई रोपाई गर्न चटारो हुन्छ । उनीहरुको एक मिनेट समय पनि धेरै महत्वपूर्ण हुन्छ । तर पछिल्लो समय विकसित हुँदै आएको असार १५ प्रति अधिकांश किसानहरु चिन्तित र दिक्क छन् । किनभने असार १५ को नाममा कृषकहरुको समय अलमल मात्र होइन थरीथरीका क्रियाकलापले उनीहरु दिक्क भएका हुन् ।
असार १५ मा सरकारको उच्च ओहदाको मन्त्रीदेखि कलाकार लगायत विभिन्न सामाजिक क्षेत्रमा काम गर्नेहरुले मज्जैले हिलो खेलेर मनाउने गरेको भए पनि यसप्रति कृषकहरुको सकारात्मक धारणा छैन । खाईनखाई बल्लबल्ल उमारेको धानको बीउ मात्र होइन भएभरको पानी खेतमा लगाउदा अलिअलि भएको मल समेत बगाउने गरेको किसानहरुको गुनासो छ ।

यो पनि पढ्नुहोस ।

प्रेम गीत-३’ की मुख्य नायिका कृष्टिना गुरुङ कस्ति छिन् ? (फोटोफिचर)

यो वर्ष असार १५ शनिबार अर्थात बिदाको दिन भएकाले पनि धेरै सरकारी कर्मचारी लगायत अफिसियल रुपमा काम गर्नेहरुको लागि एउटा जात्रा जस्तै बन्यो । कतिपय कलाकारहरुले त हिलोमा पनि बिकिनी लगाएर फोटोसुट मात्र गरेनन्, हिलोमै चुर्लुम्म डुबेर घण्टौं समय बिताए । कतिपय मोडलले धानको बीउकै बिकिनी बनाएर फोटोसुट गराए भने कतिपयले टाउँकोमा धानको बीउ राखेर फोटो खिचाए । यी सबै कार्य अनावश्यक र भद्दा सँस्कृतिको विकास मात्र भएको किसानहरुको आरोप छ । हेरौं असार १५ मा देखिएका लाजमर्दो केहि तस्वीरहरु !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार