भारतको बदमासीले सुनसरी डुबानमा, ३५ घरपरिवार विस्थापित !

Facebook Debugger

सुनसरी । निरन्तर वर्षाका कारण सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलमा ३५ घरपरिवार विस्थापित भएका छन् । विस्थापित घरपरिवारलाई प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयका सुरक्षित राखेको छ ।


सुकसेना टोलमा घँुडासम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानेन्द्र फुयालले बताए । भारी वर्षा भैरहेकाले सो क्षेत्रमा थप उद्धारका लागि कठिनाई हुनसक्ने डिएसपी फुयलले बताए । केहि दिन पहिले सो स्थानमा नयाँबाटो निर्माण गर्दा पानीको निकास नभएर बस्ती डुबानमा परेको थियो । गाउँपालिका अध्यक्ष एवं वडाअध्यक्षहरुसँग समन्वय गरेर पानीलाई निकास दिने प्रयास गरिरहेपनि भारी वर्षाले कठिनाई भएको फुयालले बताए ।
भारदह क्षेत्रमा सप्तकोशी ब्यारेज बनाएर आफ्नो मुलुकमा सिंचाईका लागि पानी लगेको भारतले बनाएको बाँधका कारण सुनसरी डुवानमा पर्दै आएको छ । ठूलो वर्षाहुँदा पानीको निकास नै बन्द हुने भएकाले सप्तकोशी आसपास र सुनसरी क्षेत्रका नागरिकको जीउ धन नै जो८खिममा पर्दै आएको छ ।
यतिमात्र हैन अहिले उक्त ब्यारेजको स्पर कमजोर हुँदै गएका छन् । भारतले ब्यारेजको स्पर परिवर्तन गरेको छैन । नदीको बहावले धक्का हान्नुका साथै कटान हुन सक्ने सम्भावना उच्च रहेको छ । यस्तो खतरा रहने हुँदा तटिय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने कोशीका जानकार रविन घिमिरेको भनाइ छ ।
नदीमा थुप्रिएको बालुवाका कारण कोशीको बहाव क्षमतामा ह्रास आएको छ । घिमिरेका अनुसार ३ लाख क्युसेकको बहाव समेत कोशीका लागि खतरापूर्ण हुन सक्ने भएको हुँदा पूर्व तयारी र सावधानी अपनाउनुपर्ने हुन्छ । स्पर मर्मत र नियमित अनुगमनको क्रमलाई जारी राखिएको सुनसरी प्रशासनले जनाएको छ ।
अघिल्लो वर्ष वर्षायामको मध्यतिर कोशी नदीमा पानीको बहाव पौने ४ लाख क्युसेक प्रतिसेकेण्ड पुगेको थियो । पानीको उचित निकासको अभाव र बन्दै गरेका सडक लगायतका संरचनाका कारण धेरैजसो स्थानमा पानी जम्न पुगेको छ । खाल्टा खुल्टीमा जमेको पानी र सडक बाटोको जिर्ण र हिलाम्य अवस्थाका कारण आवतजावतमा समस्या देखा परेको छ । जनबोलीबाट

Published On:  301पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार