शिक्षिका र विद्यार्थीबीच शारिरीकसम्पर्क गर्दा गर्दाै श्रीमानले भेटाएपछि …!

21 Shares

एजेन्सी । भारतको हरियाणा राज्यको पानीपत जिल्लामा ट्युसन पढ्न आउने विद्यार्थी र शिक्षिकाबीच यौन सम्पर्क गर्दागर्दै श्रीमानले भेट्टाएपछि शिक्षिका र विद्यार्थीले श्रीमानको हत्या गरेको खबर सार्वजनिक भएको छ ।


३० वर्षीया शिक्षिकाले विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै गर्दा रंगेहात श्रीमानले भेटेपछि शिक्षिका र ट्युसन पढ्ने बहानामा आएका उनको प्रेमीले आफूहरुको अवैध सम्बन्ध ढाकछोप गर्न श्रीमानको हत्या गरेको प्रहरीले बताएको छ ।
शिक्षिकाले ट्युसन पढ्न आउने १९ वर्षीय विद्यार्थीसँग पहिलेदेखिनै यौन सम्पर्क गर्दै आएको खुल्न आएको छ । भारतीय सञ्चार माध्यामका अनुसार ३० वर्षीया अमिता नाम गरेकी शिक्षिकाले उनीसँगै ट्युसन पढ्न आउने १९ वर्षीय विद्यार्थीसँग ट्युसनको बहानामा यौनसम्पर्क राख्ने गरेको खुलेको हो । ती शिक्षिकाका श्रीमानले विद्यार्थीसँग अबैध यौनसम्पर्क भएको थाहा पाएपछि दैनिक जसो झगडा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
शिक्षिकाले श्रीमानलाई यौनसम्पर्क गर्न नदिने भएपछि झन झगडाले उग्ररुप लियो । दैनिक जसो झगडा भएपछि शिक्षिकाले आफ्ना विद्यार्थी तथा प्रेमी युवकसँग मिलेर श्रीमानको हत्या गरिन् । छानविनका क्रममा ती पुरुषको शव घरभित्र हातखुट्टा बाधिँएको अवस्था फेला परेको थियो । टाउको र शरिरमा चोटपटक लागेको हुनाले ती पुरुषको हत्या भएको हुनसक्ने भन्दै हरियाणा प्रहरीले छानविन शुरु गरेको छ ।
उनीहरुको केही वर्ष अगाडी मात्रै विवाह भएको थियो । शिक्षिकाले आईटीमा अध्ययनरत विद्यार्थीलाई ट्युसन पढाउन शुरु गरेपछि ती विद्यार्थी र शिक्षिकाबीच प्रेम भएको थियो । प्रहरीेले हत्या गरेको अभियोगमा दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार