नेकपा सोलुखुम्बु इञ्चार्जमा हेमकुमार राई ‘सुरवीर’, को को भए प्रदेश १ मा ईञ्चार्ज र सहईञ्चार्ज हेर्नुहोस नामसहित !

35 Shares

काठमाडौं । नेकपा सोलुखुम्बुको इञ्चार्जको जिम्मेवारीमा हेमकुमार राई ‘सुरवीर’लाई दिइएको छ । नेकपा पार्टी एकिकरण लामो समयपश्चात राईलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको हो ।


प्रतिनिधीसभा सदस्य समेत रहेका राई नेकपाको पोलिटव्यूरो सदस्य समेत रहेका छन् । पूर्व माओवादीका राईले जिल्ला इञ्चार्जको जिम्मेवारी पाउँदा सह इञ्चार्जको जिम्मेवारी भने पूर्व एमालेका किशोर अधिकारीले पाएका छन् । उनी ओखलढुंगाका हुन् । यस अघि पार्टी एकिकरण नहुँदा अधिकारीले पटक पटक सोलुखुम्बु इञ्चार्ज रुपमा काम गरेका थिए ।
यस्तै ओखलढुङ्गामा इञ्चार्ज यज्ञराज सुनुवार (पूर्वएमाले) सह इञ्चार्ज बाबुराम गौतम (पूर्वमाओवादी केन्द्र), खोटाङ इञ्चार्ज विशाल भट्टराई सह इञ्चार्ज ध्रुव बुढाथोकी ‘धिरण’ (पूर्वमाओवादी केन्द्र) उदययपुर इञ्चार्ज बलदेव चौधरी (पूर्वएमाले) सह इञ्चार्ज मोहन खत्री ‘हेनरी’ (पूर्वमाओवादी केन्द्र) लाई तोकिएको छ ।
मोरङको इञ्चार्जमा कुलप्रसाद साम्वा (पूर्वमाओवादी केन्द्र), सह इञ्चार्ज डा. शिवमाया तुम्बाहाम्फे लाई तोकिएको छ । उनी उपसभामुख छिन् । नेकपा सुनसरीको इञ्चार्जमा पूर्व एमालेका सांसद धर्म निरौला तोकिएका छन भने सह इञ्चार्जमा पूर्व माओवादीकी नेतृ तथा कृषि राज्यमन्त्री रामकुमारी चौधरी चयन भएका छन ।
ताप्लेजुङमा इञ्चार्ज भाष्कर काफ्ले (पूर्वएमाले) सह इञ्चार्ज खेलप्रसाद बुढाथोकी (पूर्वमाओवादी केन्द्र), पाँचथर इञ्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ (पूर्वमाओवादी केन्द्र) सह इञ्चार्ज डम्बरसिंह सम्बाहाम्फे (पूर्वएमाले) इलाम इञ्चार्ज हर्क लावती (पूर्वमाओवादी केन्द्र) सह इञ्चार्ज हिक्मत कार्की (पूर्वएमाले) झापा इञ्चार्ज झलकसिंह दर्लामी (पूर्वमाओवादी केन्द्र) सह इञ्चार्ज रवीन कोइराला (पूर्वएमाले) तोकिएको छ । त्यसैगरी धनकुटामा इञ्चार्ज गणेश किराती (पूर्वमाओवादी केन्द्र) सह इञ्चार्ज महिन लिम्बू सुब्बा (पूर्वएमाले), तेह्रथुम इञ्चार्ज दुर्गा चापागाई (पूर्वमाओवादी केन्द्र) सह इञ्चार्ज जयन्ती राई (पूर्वएमाले) संखुवासभा इञ्चार्ज रपुप्रसाद राई देवान (पूर्वमाओवादी केन्द्र) सह इञ्चार्ज राजेन्द्रकुमार राई (पूर्वएमाले) भोजपुर इञ्चार्ज सुदन किराती (पूर्वमाओवादी केन्द्र) सह इञ्चार्जमा जयन्ती राईलाई तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार