२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

सभामुख शुक्रबार जेनेभा जाँदै


१ कार्तिक २०७३, सोमबार  

7
Shares

काठमाडौँ, १ कात्तिक । सभामुख ओनसरी घर्ती स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने १३५औँ अन्तर व्यवस्थापिका–संसद्सम्बन्धी सम्मेलनमा सहभागी हुन आगामी शुक्रबार त्यसतर्फ जानुहुने भएको छ ।

कात्तिक ७ देखि ११ गतेसम्म चल्ने उक्त सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत, राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरी र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई लगायत सहभागी हुने सभामुखका प्रेस सल्लाहकार वासुदेव शर्माले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १ कार्तिक २०७३, सोमबार  १ : ५० बजे