७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

महिलाहक कानुन कार्यन्वयन आफ्नै श्रीमानलाई बलात्कार गरेको अभियोगमा पक्राउ


६ भाद्र २०७६, शुक्रबार  

35
Shares

भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री ९नाम परिवर्तन० ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन ९नाम परिवर्तन०लाई बिहिबार पक्राउ गरेको हो ।
रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उहाँले जानकारी दिए । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : १७ बजे