कृषि उत्पादनमा वृद्धि नभए सम्म आर्थिक विकास सम्भव छैन : मुख्यमन्त्री पौडेल

Facebook Debugger

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताएको छ । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उहाँले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताए ।
प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका योजना अगाडि बढाएको भन्दै उहाँले किसानका समस्या धेरै रहेको बताउनुभयो । उहाँले भने, “किसानको समस्या धेरै छन् कहिले प्रकृतिको कारणबाट कहिले बीउबिजनको कारणले क्षति हुने गरेको छ । त्यसको समाधानको लागि पनि सरकारले बाली बीमाको व्यवस्था गरेको छ ।

व्यवसायिक कृषि गर्नेलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको बताउँदै उहाँले अब निर्वाहमुखी कृषिकोभरमा बस्न नहुने सुझाव दिए । प्रदेश सरकार बनेको छोटो समय भएको भन्दै उहाँले देखिने गरी काम गरिसक्न नपाएको बताए ।
सयौं वर्षको इतिहास बोकेको सङ्घीय सरकारका अगाडि दुई वर्षको प्रदेशलाई तुलना गर्न नमिल्ने उहाँको भनाइ थियो । किसानलाई सरकारको आलोचना भन्दा सहकार्य गरेर लाभ लिन पौडेलले सुझाव दिए ।
सो अवसरमा केराखेतीको विकास र प्रवद्र्धनमा विशेष योगदान पु¥याएकोमा नेपाल टेलिभिजनका चितवन सम्बाददाता ईश्वर जोशी, उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष कल्याण जोशीलगायतका व्यक्तिहरुलाई मुख्यमन्त्री पौडेलले दोसल्ला र कदरपत्रले सम्मान गरेको थियो ।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले चितवनमा करीब–७ सय किसानले तीन हजार बिगाहामा केराखेती गर्दै आएको र वार्षिक रु एक अर्ब ५० करोडको केरा उत्पादन हुने गरेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कृष्ण खनाल, उद्योग वाणिज्य महासङ्घका सदस्य कल्याण जोशी, सङ्घका पूर्व अध्यक्षद्वय लक्ष्मण सुवेदी र कृष्णहरि पन्त लगायतले बोलेको थियो ।

Published On:  107पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार