२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

छ सय थान मुद्दाको फैसला



पोखरा, २ कात्तिक । स्याङ्जामा आव २०७२÷७३ मा ६२५ थान मुद्दाको पैmसला भएको छ ।

मुद्दाको पैmसला लक्ष्यको ७७.३५ प्रतिशत हो । जिल्लामा आठ सय आठ थान मुद्दा दर्ता भएकामा बाँकी एक सय ८३ थान मुद्दा चालु आवका लागि जिम्मेवारीमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुले ३६१, शिव रानाभाटले २६४, सूर्यनाथ अधिकारीले ६५ र डिल्लीरमण तिवारीले पाँच थान मुद्दाको फैसला गर्नुभएको थियो । सो अवधिमा अदालतले ३७ थान मुद्दा मेलमिलापबाट मिलापत्र गराएको बताइएको छ । रासस

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  ९ : ३३ बजे