खुम्बुका पशुपालक कृषकलाई प्रोत्साहन भक्ता,नाक र याकको जन्मदर्ता गर्दा ५ सय दिइने !

  बुद्धवीर बाहिङ
651 Shares

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ४ ले पशुपालक कृषकहरुलाई प्रोत्साहन भक्ता दिने भएको छ ।


कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायिक रुपले सञ्चालन गर्न कृषकहरुलाई प्रोत्साहन भक्ता दिइने भएको हो । कृषकहरुले प्रोत्साहन भक्ता पाउनको लागि घरपालुवा जनावरको वडा पालिका वा गाउँपालिकाको कार्यालयमा दर्ता गर्नु पर्ने खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए । नाक वा याक जन्मिएपछि वडा कार्यालयमा दर्ता गर्दा कृषकलाई प्रति जनावर ५ सय रुपीयाँ दिईने छ । यो सेवा कृषकले नाक र याकलाई जन्मदर्ता गर्दा एक पटक मात्र पाउनेछन् । एक पटक जनावरको दर्ता गरिसकेपछि कृषकहरुले मासिक रुपमा प्रोत्साहन भक्ता पाउने समेत अध्यक्ष अधिकारीले बताए ।
जनावरको दर्ता गरिसकेपछि ५ वा सोभन्दा माथि जोप्के पालेका कृषकले मासिक रुपमा १ हजार रुपीयाँ प्रोत्साहन भक्ता पाउनेछन् । त्यसैगरी १० वा सोभन्दा माथि याक/नाक पालेका कृषकले ५ हजार, ३० वा सोभन्दा माथि पालेका कृषकलाई मासिक १० हजार रुपीयाँ प्रोत्साहन भक्ता पाउने वडा अध्यक्ष अधिकारीद्धारा जारी गरिएको सूचनामा उल्लेग गरिएको छ ।
भेडा र गाई पालेका कृषकहरुलाई पनि प्रोत्साहन भक्ताको व्यवस्था गरिएको छ । २० वा सोभन्दा माथि भेडा पालेका कृषकलाई मासिक २ हजार, ५० वा सोभन्दा माथि भेडा पालेका कृषकलाई प्रोत्साहन भक्ता स्वरुप मासिक ४ हजार रुपीयाँ वितरण गरिने भएको छ । त्यसैगरी १० वा सोभन्दा माथि गाई पालेका कृषकहरुलाई प्रोत्साहन भक्ता स्वरुप २ हजार रुपीयाँ दिइने अध्यक्ष अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार