चैतमा स्थानीय निर्वाचन हुन्छ : राज्यमन्त्री जवेगु

7 Shares

झापा, २ कात्तिक । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आउँदो चैतभित्र नै स्थानीय तहको निर्वाचन गरिने बताउनुभएको छ ।

दमक नगरपालिकामा आज बिहान आयोजित सम्मान कार्यक्रममा राज्यमन्त्री जवेगुले संवैधानिक सङ्कट आउन नदिन पनि चैतभित्र नै स्थानीय तहको निर्वाचन हुने बताउनुभयो ।

उहाँले निर्वाचनका लागि सबै दलसँग छलफल भइरहेको र सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।

स्थानीय तह सीमा तथा सङ्ख्या निर्धारण गर्न आयोगले दिएको प्रतिवेदनका आधारमा सङ्ख्या निर्धारणलाई टुङ्गो लगाइने उहाँको भनाइ थियो ।

यसैबीच राज्यमन्त्री जवेगुले दमक नगरपालिकासहित दमकमा निर्माणाधीन विभिन्न विकासे योजना, नगरपालिकाद्वारा सञ्चालित ल्यान्ड फिल, दमक –५ मा निर्माण हुन लागेको विश्वको अग्लो बुद्धको मूर्तिको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

राज्यमन्त्री जवेगुलाई दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले ती योजनाबारे भइरहेको कामका बारेमा जानकारी गराउनुभएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार