दुधकोशी सामुदायिक अस्पताल निर्माणको जिम्मा रौताकुँवर जेभीलाई

546 Shares

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको स्वमित्वमा बनाउन लागिएको दुधकोशी सामुदायिक अस्पताल निर्माणको जिम्मा रौताकुँवर जेभीले पाएको छ । अस्पतालको लागि आह्वान गरिएको टेण्डरमा जम्मा ४ वटा निर्माण कम्पनीहरुले बीड डकुमेन्ट्स खरिद गरेकोमा सीई कन्स्ट्रसन्स प्रालि र रौता कुवर जेभीले बीड गरेका थिए ।


प्राविधिक मुल्यांकनमा दुबै कम्पनी पास भएपछि आर्थिक प्रस्ताव खोल्दा रौताकुँवर जेभीले उक्त टेण्डर हात पारेको हो । अस्पतालको सबै प्रक्रिया सार्वजनिक खरिद ऐन २०६३ बमोजिम स्वतन्त्र छनौट समिति बनाइएको थियो । उक्त समितिको सिफारिसमा उपसमिति सम्योजक तथा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङको समितिबाट यो प्रक्रिया टुंगोमा र्पुयाइएको हो ।
गाउँपालिका अध्यक्ष असिम राईले १८ महिनाभित्र सुविधासम्पन्न भवन निर्माण गरिसक्नेगरी काम अघि बढाइएको बताएका छन् । ‘हामीसँग अब १८ महिनाभित्र सुविधा सम्पन्न भवन बनाउने दायित्व छ’ अध्यक्ष राईले भने, ‘सीमा र समयभित्र गुणस्तरिय भवन निर्माण गरि हामीले परिकल्पना गरेको स्वास्थ्य सेवा आम जनतालाई दिने यो महाअभियानमा सहयोग गर्न निर्माण कम्पनी रौतारकुँवरलाई अनुरोध गर्दछौं ।’
सोही अवस्ताल निर्माणार्थ गतवर्ष गाउँपालिकाले महायज्ञको आयोजनासमेत गरेको थियो । यसैबीच, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अस्पतालको शिलन्यास गरेका थिए । सो कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद हेमकुमार राई, प्रदेश सभा सदस्यद्धय उत्तमकुमार बस्नेत र बुद्धिकिुमारराज भण्डारी, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार