मनाङ्ग एयरको नयाँ हेलिकोप्टरले आजबाट व्यवसायिक उडान थाल्यो !

231 Shares

काठमाडौं । मनाङ्ग एयरको नयाँ हेलिकोप्टले आजबाट थप व्यवसायिक उडान थालेका छ ।


गएको वैशाख १ गते सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान उड्ने क्रममा धावनमार्गबाट चिप्लएर पार्किङम राखेको मनाङ्ग एयरको हेलिकोप्टरमा ठोक्किएपछि एउटा मात्र हेलिकोप्टर सञ्चालनमा थियो ।
सोमबारबाट दुई वटै हेलिकोप्टरबाट व्यवसायिक उडान सञ्चालन गरेको मनाङ्ग एयर प्रालिले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नयाँ हेलिकोप्टरले २३ हजार फिटको उचाईसम्म सुरक्षित उडान गर्नसक्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार