ठगीको आरोप लागेका दुई व्यक्ति थुनामा

0 Shares

बुटवल, २ कात्तिक । जग्गा कारोबारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोे छ ।

रुपन्देहीको तिलोत्तमा वडा नं– ३ बस्ने स्याङ्जा जिल्लाको निमुवाखर्कका ३८ वर्षीय खुमबहादुर थापा र बुटवल उपमहानगरपालिका– ११ तिनकुने बस्ने पर्वत जिल्लको थापाठानाका ३१ वर्षीया जमुना आचार्य कुँवरलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

रुपन्देही जिल्ला अदालतले ती दुबैलाई थुनामा राख्ने आदेश गरेको हो । उनीहरुले बुटवलका विभिन्न व्यक्तिलाई जग्गा कारोबारमा लगानी गर्न विभिन्न प्रलोभन देखाइ रु एक करोड ५८ लाख ४० हजार र ६५ तोला सुनका गरगहना ठगी गरेका थिए ।

यता प्रहरीले बुटवलको नयाँगाउँस्थित लालप्रकाश थापाको घरमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । जुवाको खालबाट रु पाँच लाख ८४ हजार ६९० जफत गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार