दुई एकलमहिला सगरमाथापछि आमादब्लमको शिखरमा

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका-४, खुम्जुङका दुई जना एकल महिलाले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । हिमालमा श्रीमान् गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमालको आरोहण गरेका हुन् ।


टु विन्डो एक्पिडिसनमार्फत आमादब्लमको शिखरमा पुगेको भन्दै आरोही निमा डोमा शेर्पाले सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ । एकल महिलाले शोकलाई शक्तिमा बदलेमा अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन भन्दै उनीहरुले गएको गएको जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेका थिए । फुरदिकीका पति मिङमार शेर्पाले ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा क्रेभासमा भासिएर ज्यान गुमाएका थिए । त्यस्तै निमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले ५ वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका हुन् ।
हिमालबाट खुशी खोसिएका फुरदिकी र निमा अहिले खुशी खोज्दै हिमालमै आरोहणमा सक्रिया रुपले लागेका छन् ।

Published On:  170पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार