थुलुङ दुधकोशीमा ‘गाउँपालिका महोत्सव’ हुँदै

7 Shares

सोलुखुम्बु । आउने मंसिर ५ देखि ८ गतेसम्म सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ‘गाउँपालिका महोत्सव’ तथा ‘अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगीता’ आयोजना गर्ने भएको छ । मंगलबार सल्लेरीमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्ष देखि शुरु गरिएको अध्यक्ष रनिङ शिल्डको निरन्तरता र पर्यटन वर्ष सन् २०२० लाई लक्षित गर्दै मनोरञ्जन, संस्कृति, कृषि र स्थानीय खाना प्रर्दशनीलाई समावेश गरि महोत्सवको तयारी थालिएको जानकारी गराईएको हो ।


महोत्सव अन्तरगत राष्ट्रिय कलाकार गायक शम्भु राई, गायिका मेलिना राई र हाँस्य कलाकार फुलन्देकी आमा सहित स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती रहने थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । स्थानीय प्रतिभा प्रस्फुटनका लागि एकल तथा सामूहिक नृत्य र एकल गायन प्रतियोगीताको आयोजना गरिनेछ । अध्यक्ष राईले भने, ‘हामीखेलकुद र मनोञ्जनको माध्यमबाट स्वस्थ जनशक्ति उत्पादन गर्न र सम्बृद्धि स्थानीय तह निर्माणमा प्रयोग गर्न चाहन्छौ । त्यसकारण पनि वर्षेनी उत्सबको रुपमा मनोरञ्जन र खेलकुद प्रतियोगीता आयोजना गर्दछौ ।’
४ दिन सम्म चल्ने खेलकुद कार्यक्रम अन्तरगत जिल्ला स्तरिय अन्तर वडा भलिबल प्रतियोगीता गराईनेछ । विजेतालाई नगद एक लाख, ७५ हजार, ५० हजार र २० हजारको साथमा शिल्ड, मेडल, ट्रफी र प्रमाण–पत्रप्रदान गरिने खेल संयोजक रामसर्घष किराँतीले जानकारी दिए । त्यस्तै, थुलुङ दुधकोशीगाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाको सिमाना भित्ते देखि गाउँपालिकाको केन्द्र मुक्लिसम्म महिला÷पुरुष मिनिम्याराथन प्रतियोगीताको पनि आयोजना गरिएको खेल संयोजक किराँतीले बताए । खेलकुद र सांस्कृतिक कार्यक्रमले आन्तरिक पर्यटन बढवामा टेवा पु¥याउने वडा नं ७ देउसाका वडाअध्यक्ष समेत रहेका किराँतीको विश्वास छ ।
पत्रकार सम्मेलनमा प्रदेश नं १ का सांसद उत्तमकुमार बस्नेतले थुलुङ दुधकोशीलाई ‘पर्यटन हव’को रुपमा विकास गर्न सकिने सम्भावना औल्याए । ठाउँठाउँमा पक्कि, झोलुङगे, काठे पुलनिर्माणमा जोड दिएको बताउदै सांसद बस्नेतले काँगेल विमानस्थल संचालनको प्रयासमा रहेको बताए । सांस्कृतिक तथा खेलकुदका कार्यक्रमले गाउँपालिकामा हजारौँ आन्तरिक पर्यटक भित्रने आशा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार