एभरेष्ट ट्रेल रेस २०१९ को उपाधि सुमन र अन्नाले जिते !

Facebook Debugger

सोलुखुम्बु । १ सय ७० किलोमिटर लामो एभरेष्ट ट्रेल रेस नवौं संस्करणको पुरुष तर्फको उपाधि नेपाली धावक सुमन कुलुङ राईले जितेका छन् । सोलुखुम्बुको पत्तालेबाट छ दिन अघि शुरु भएको ट्रेल रेस शनिबार लुक्लामा समापन भएको हो । सुमनले रेसको दुरी २० घण्टा ५१ मिनेट ३६ सेकेन्डमा पुरा गरे ।


त्यसैगरी महिला तर्फको उपाधि भने स्पेनकी धाविका अन्ना कोम्याटीले जितेकी छन् । उनले निर्धारित दुरी २६ घण्टा २० मिनेट ५६ सकेन्डमा पुरा गरिन् । यस्तै पुरुष तर्फको उपविजेता स्पेनकै मोरालेस जेर्राड भए । उनले २३ घण्टा २८ मिनेट २९ सेकन्डमा दुरी पार गरे । नर्वेका सेडस्रोड ह्यान्डस तेश्रो भए । उनले २३ घण्टा ५४ मिनेट १३ सेकेन्डमा निर्धारित दुरी पार गरे ।
महिला तर्फको उपविजेता ब्राजिलकी अन्ना कोमाटी भइन् । उनले २९ घण्टा २९ मिनेट ५ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । स्पेनकी नुरिआ डोमिनिक्स तेश्रो भइन् । उनले ३० घण्टा ३ मिनेट ४६ सेकेन्ड लगाइन् ।
पुरुष विधाका विजेता कुलुङ सोलुखुम्बु गुदेलका स्थायीवासी हुन् । उनले यसअघि एभरेष्ट म्याराथन दुईपटक जितेका थिए । ट्रेल रेसको उपाधि जित्ने सपना यसपाली पुरा भएको उनले बताए । गतवर्ष सहभागी भएपनि उनले उपाधि जित्न सकेका थिएनन् ।
ट्रेल रेसका विजेताहरुलाई सोमबार राजधानीमा विशेष कार्यक्रमका बिच पुरस्कार वितरण गरिने आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपीडिशनका कार्यकारी निर्देशक कामी शेर्पाले बताए ।

बधाई छ सुमन भाई …९ अौं संस्करणको १ सय ७० किलोमिटर लामो एभरेष्ट ट्रेल रेस २०१९ को उपाधि महाकुलुङ गाउपालिका गुदेल सोलुखुम्बुका धावक सुमन कुलुङले जिते ।

Posted by Buddha Bir Bahing on Saturday, 16 November 2019

Published On:  310पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार