अध्यक्ष रनिङशिल्ड प्रतियोगीता तथा गाउँपालिका महोत्सवको तयारी अन्तिम चरणमा

Facebook Debugger

सोलुखुम्बु । गाउँपालिका महोत्सव तथा अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिएका छन् । अध्यक्ष राईका अनुसार मंसिर ५ गते देखी सुरु हुने कार्यक्रमको तयारी ९० प्रतिशत सकिएको हो ।


अहिले मञ्ज व्यवस्थापन देखी अतिथि लगाएतको विषयमा तयारी पुरा भईसकेको उनले बताए । ‘पर्यटन वर्ष २०२०’ लाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा जिल्ला भित्रका विभिन्न स्थानीय तहका खेलाडीले सहभागीता हुने राईले बताए । खेलकुदको साथमा मनोरञ्जनात्मक कार्यक्रम सहितको महोत्वसकै माध्यमबाट गाउँपालिकामा करिब १ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले बताए ।
मंसिर ५ गते देखी ८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा स्थानीय खानाको परिकार देखी वरिष्ठ गायक शम्भु राई, गायक प्रयास राई, हाँस्य कलाकार फुलन्देकी आमा (उमेश राई) लगाएत स्थानीय कलाकारको प्रस्तुती रहने बताईएको छ । कार्यक्रममा सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई (सुरवीर), प्रदेश सांसद उत्तमकुमार बस्नेत, प्रदेश सांसद एवम् प्रदेश नम्बर १ का नेकपा संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, विभिन्न गाउँपालिका प्रमुख, जिल्ला स्तरीय नेता लगाएतको उपस्थिति रहने छ ।
अध्यक्ष रनिङशिल्ड अन्र्तगत वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता, महिला पुरुष हाफ म्याराथन, नृत्य तथा एकल ट्रयाक गायन लगायतका प्रतियोगिता हुने समेत अध्यक्ष राईले बताए । पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम द्धितिय, तृतिय र सान्त्वना हुने समहुलार्ई क्रमश नगद १ लाख, ७५ हजार, ५० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पदान गरिने सामाजिक विकास समितिका संयोजक बुद्धिराज राईले जानकारी दिए ।
हाफ म्याराथुन तर्फ प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश नगद १० हजार, ७ हजार, ५ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सोलुदुधकुण्ड नगरपालिका सिमाना भित्तेखोला देखी गाउँपालिका केन्द्रसम्म हाफ म्याराथन हुने समेत अध्यक्ष राईले जानकारी दिए ।

Published On:  111पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार