२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मध्यपुर इन्जिनियरिङ समाजको अध्यक्षमा श्रेष्ठ



मध्यपुरथिमि, २ कात्तिक । मध्यपुर इन्जिनियरिङ समाजको १४औँ साधारणसभाबाट ई. राम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा सूर्यबहादुर प्रजापति, सचिवमा शङ्कर प्रजापति, सहसचिवमा पुष्पराम श्रेष्ठ, कोषाध्यक्षमा रत्नेश्वरी श्रेष्ठ तथा सदस्यहरुमा क्रमशः योगेश बज्राचार्य, प्रमोद श्रेष्ठ, राजकृष्ण जोशी, प्रविना श्रेष्ठ, सागर खमु श्रेष्ठ तथा ज्ञनिश थापा श्रेष्ठ रहनुभएको छ ।

मध्यपुरमा छरिएर रहेका इन्जिनियर तथा प्रविधिज्ञलाई एकत्रित गरी नगरको विकास निर्माण कार्यमा सम्बन्धित निकाय तथा स्थानीय जनतालाई आवश्यक सहयोग पु¥याउने, सांस्कृतिक सम्पदा निर्माणमा समाजका तर्फबाट प्राविधिक सहयोग गर्ने विभिन्न सङ्घसंस्थासँग सहकार्य गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

समाजको १४औँ साधारणसभाको उद्घाटन नेपाल इन्जिनियर्स एसोसिएसनको ३१आँै कार्यकारिणी परिषद्का अध्यक्ष ई. हरेराम श्रेष्ठले गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  १० : ५८ बजे