कोङ्देको सरकारी जग्गाको चर्चा सेलाउन नपाउँदै पुनः सोलुखुम्बुमा हजारौं रोपनी सरकारी जग्गा निजिकरण !

Facebook Debugger

सोलुखुम्बु । कोङ्दे हिमालको काखमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा श्रेष्ता कायम गरिएको भेटिएपछि वि.सं. २०५९/६० तिर सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा चर्को विरोध भएको थियो । उपभोक्ता हकहित संरक्षण मञ्च, सोलुखुम्बुका अध्यक्ष दत्तसिं कार्कीको नेतृत्वमा सरकारी जग्गालाई व्यक्तिको नाममा पारिएको भन्दै चर्को विरोध भएको थियो ।


कार्कीले सरकारी जग्गालाई निजीकरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गराए । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मात्र सिमित रहेन ? नेपाल सरकारको मन्त्रीस्तरीय बैठकसम्म छलफल भएको थियो ।
लामो समयसम्म अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गरेको अनुसन्धान पश्चात वि.सं. २०६८/०९/०४ मा पुनः व्यक्तिको नाममा भएको जग्गा बदर भई नेपाल सरकारको नाममा श्रेष्ता कायम भएको थियो ।
साविक चौंरीखर्क गाविस वडा नं. १ मा रहेको साविक किक्ता नं. २३५ बाट कित्ताकाट भई कित्ता नंं. ३८७ क्षेत्रफल १२,००० वर्गमिटर जग्गा कोङदेभ्यू रिर्सोट प्रा.लि. र कित्ता नंं. ३८९ क्षेत्रफल १२,७०५ वर्गमिटर जग्गा लाक्पासोनाम शेर्पाको नाममा दर्ता कायम भएकोमा सो दर्ता कानून विपरित भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०६६/०३/२३ मा वदर गर्ने तर्फ कारवाही अघि बढाउनु भनी निर्णय भई आएको थियो ।
तर, लाक्पासोनाम शेर्पाले पुनः जग्गा आफ्नो नाममा श्रेष्ता कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरे । सर्वोच्च अदालतको न्यायाधीशद्धय दीपककुमार कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले व्यक्तिबाट नेपाल सरकारको नाममा आएको जग्गा पुनः लाक्पासोनाम शेर्पाको नाममै श्रेष्ता कायम गर्न आदेश दिएको छ ।
हेर्नुहोस सर्वोच्च अदालतमा भएको फैसलाको कागजात !

मालपोत कार्यालय सल्लेरी साेलुखुम्बुबाट भएको जानकारी 

उपभोक्ता हकहित संरक्षण मञ्च, सोलुखुम्बुका अध्यक्ष दत्तसिं कार्कीले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा दर्ता गर्नु भएको उजुरी । 

हजारौं रोपनी सरकारी जग्गा व्यत्तिको नाममा

जिल्लाको हजारौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा श्रेष्ता कायम गरिएको पाइएको छ । पछिल्लो समय सरकारी जग्गालाई व्यक्तिको नाममा श्रेष्ता कायम गरिएको भेटिएको हो ।
जिल्लाको विभिन्न क्षेत्रका सरकारी जग्गा निजीकरण गर्नेका बिरुद्ध बुधबार उजुरीसमेत दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले अधिकार प्रत्यायोजन गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सरकारी कर्मचारीलाई समेत प्रलोभनमा पारी सार्वजानिक जग्गा निजिकरण गरेको प्रमाण सहित उजुरी दर्ता गरिएको हो ।
साविक जुभिङ गाविस वडा ५ को पर्यटकिय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर ५७९, को २ लाख ९८ हजार २ सय ३० बर्ग्मिटर, कित्ता नम्बर ५८१ को ३ लाख ९८ हजार ५ सय ६० बर्ग्मिटर जंगललाई स्थानीय बुधमाया थापामगरको नाममा कित्ताकाट गरि दर्ता गरिएको संलग्न प्रमाणमा उल्लेख गरिएको छ । २०५८ साल श्रावण ३१ गते कित्ता नम्बर ५ सय ७९ कित्ताकाट हुँदा ६ सय २० नयाँ कित्ता कायम भई ३१ सय बर्ग्मिटर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको जिल्ला नापी कार्यालयको फिल्ड बुकमा उल्लेख गरिएको छ ।
यस्तै सोही मितिमा कित्ता नम्बर ५८१ बाट कित्ताकाट भई २५ सय बर्ग्मिटर जग्गा बुधमाया थापामगरको नाममा दर्ता गरिएको छ । २०७१ साल कात्तिक ७ गतेका दिन उक्त जग्गा कित्ताकाट गरि विभिन्न व्यक्तिलाई बिक्रि समेत गरिएको छ । करिब २ करोड मुल्यको उक्त जग्गा प्रकरणमा बुधमाया थापामगर, प्रेमबहादुर थापामागर र रामकृष्ण थापामगर समेतको नाम जोडिएको छ । प्रेमबहादुर थापामगर नेपाली काग्रेसका जिल्ला नेता समेत हुन् ।
यस्तै साविक चौरीखर्क गाविस वडा नम्बर ८ स्थित तेञ्जिङ हिलारी विमानस्थल नजिकैको ४१९ कित्ता नम्बरको जग्गा समेत निजिकरण गरिएको छ । निवेदनमा उल्लेख भएअनुसार ७ हजार ६ सय ५७. ५ वर्गमिटरको बिरह ढडेन साबिक सोताङ ३ घर भई हाल चौरीखर्क ८ बस्ने सुबोध नेपाली र मनमाया नेपालीको नाममा दर्ता गरिएको छ ।
नापी कार्यालयको तथ्याङ्क अनुसार २०६९ साल मंसिर १८ गते कित्ताकाट गरि सुबोध नेपालीको नाममा कित्ता नम्बर ८३३ कायम गरी १ हजार ४७.४८ बर्ग्मिटर जग्गा दर्ता गरिएको छ भने ८३४ कित्ता नम्बर कायम गरी ६ हजार ६२० बर्ग्मिटरको जग्गा कृष्णबहादुर नेपालीको श्रीमति मनमाया नेपालीको नाममा दर्ता गरिएको छ । सुचना कर्ता बीरउदास श्रेष्ठले निवेदनमा उल्लेख गरेअनुसार उक्त जग्गाको मुल्य करिब ३ करोड रहेको छ ।
यस्तै साविक चौरिखर्क १ स्थीत नेपाल सरकारको नाममा रहेको कित्तानम्बर ११६ को ८ लाख ३० हजार ८ सय ५० बर्ग्मिटरको जंगल समेत निजिकरण गरेको पाईएको छ । साविक चौरीखर्क २ बस्ने दावा नुर्वु शेर्पाले २०७० साल साउन १८ गते तीनवटा कित्ता ४५९, ४६०, र ४६१ मा क्षेत्रफल क्रमश ४ हजार १५०, १४ हजार १ सय र १५ हजार ५ सय ३० वर्ग्मिटरको जग्गा दर्ता गरेको जिल्ला नापी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अन्दाजी ४ करोड पर्ने उक्त जग्गा सरकारीकर्मचारीले समेत पदको दुरुपयोग गरी निजिकरण गरेको भन्दै छानबिन गरी कानुन अनुसार कार्वाही गर्न सुचनाकर्ता वीरउदास श्रेष्ठले माग गरेकाछन् ।
उक्त निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए । उनले छानबीन गरि कार्वाही प्रक्रिया अगाडी बढाउने बताए । सोलुखुम्बु जिल्ला सहित ४ जिल्लाको अख्तियार हेर्ने सम्पुर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भाग ४ को सुचना १ बमोजिम प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्र भित्र पर्ने भएकाले उक्त उजुरी दर्ता गरिएको सुचनाकर्ता श्रेष्ठले बताए ।
सरकारी जग्गालाई यसरी व्यक्तिको नाममा श्रेष्ता कायम गरे !

 

Published On:  220पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार