थुलुङ दुधकोशी गाउँपालिकाभित्र किराती उधौली पर्वमा सार्वजनिक विदा

Facebook Debugger

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षस्तरको निर्णयले किराती साँस्कृतिक पर्व उधौलीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, सरकारी विद्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्थामा स्थानीय पर्व विदा दिने गाउँपालिका अध्यक्षस्तरको निर्णय भएको अध्यक्ष असिम राईले बताए । आदिमकालदेखि आदिवासी किराती समुदायले मनाउँदै आएको उधौली साँस्कृति पर्वमा विहानैदेखि भूमीपूजाका लागि किरातकालीन धार्मिक स्थलमा जाने गरेका छन् ।
वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिइने राईले बताए । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किरात जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किरातले मनाउँछन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ । धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार