प्रधानसेनापति क्षत्री र माल्दिभ्सका सेना प्रमुख सियामबीच भेटवार्ता

Facebook Debugger

काठमाडौँ, २ कातिक । प्रधानसेनापति राजेन्द्र क्षत्री र माल्दिभ्सका सेना प्रमुख अहमद सियामबीच आज सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको छ ।

नेपालको छ दिने भ्रमणमा हिजो यहाँ आउनुभएका सेना प्रमुख सियामसंगको भेटवार्तामा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले विगतको भूकम्पबाट सिकेका पाठहरु तथा अन्य समसामयिक विषयमा जानकारी गराइएको थियो ।

यसअघि उहाँले आजै टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्र्यापण गर्नुभयो । सेना प्रमुख सियामको सम्मानमा जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुटीले सम्मान गारत अर्पण गरिएको थियो ।

भ्रमणका क्रममा उहाँले नेपाली सेनाको विभिन्न शिक्षण संस्थाको निरीक्षण गर्नुका साथै केही महत्वपूर्ण पर्यटकीय स्थलको पनि भ्रमण गर्नुहुने कार्यक्रम छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको नेपाल भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार