३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बाघको छालासहित एकजना गिरफ्तार



काठमाडौं, २ कात्तिक । काठमाडौं जिल्लाको कीर्तिपुरस्थित रातो गेटबाट एपीएफ टोलीले पाटे बाघको एउटा सुक्खा छाला र चितुवाको एउटा छालासहित मंगलबार दिउँसो एक जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा भोजपुर जिल्ला घर भएका ४० वर्षिय ज्ञानबहादुर राई छन् ।
उनलाई सशस्त्र प्रहरी बल कालिन्चोक भगवती गण कीर्तिपुरबाट खटिएको एपीएफ टोलीले उक्त छालासहित गिरफ्तार गरेको हो ।
आरोपी राईले उक्त छाला बिक्री गर्न भनि हिडिरहेको भन्ने बुझिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  २ : १४ बजे