बाँके, २ कात्तिक । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २१ स्थित जमुनाह भन्सार इलाकाबाट एपीएफ टोली र स्थानीय प्रहरीले करीव १० ग्राम ब्राउन सुगर र १० बोतल कोरेक्ससहित मंगलबार दुई जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा बाँके जिल्लाको बैजापुर ४ बस्ने २२ वर्षिय कुशलराज के.सी. र जाजरकोट जिल्लाको झुवाङचौर घर भई हाल बाँके जिल्लाको कोहलपुर नगरपालिका ४ बस्ने ४५ वर्षिया कालि खत्री छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहबाट खटिएको एपीएफ टोलीले उक्त लागूऔषधसहित गिरफ्तार गरेको हो ।
त्यसवेला एपीएफ टोलीले आरोपी के.सी.को साथबाट ब्राउन सुगर तथा खत्रीको साथबाट कोरेक्स फेला पारेको थियो ।
गिरफ्तार भएका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
लागूऔषधसहित दुई जना गिरफ्तार
7
Shares