उदयपुर ३ कार्तिक । स्थानीय स्तरमा हुने द्धन्द्धलाई समाधान गर्ने उद्देश्यले गठित स्थानीय शान्ति समितिको संयोजकमा राप्रपा नेपालका अध्यक्ष मतदान प्रक्रियाबाट निर्वाचित भएका छन । स्थानीय शान्ति समितिको आज (बुधबार) बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दत्तनारायण केसीले समितिका सदस्य नजबुल खान भन्दा एक मत बढि प्राप्त गरि निर्वाचित भएका हुन । समितिको सदस्यहरु विचमा भएको खुल्ला मतदानमा केसीको पक्षमा आठ मत र खानको पक्षमा सात मत खसेको समितिका पूर्व संयोजक भरत खड्काले बताए । समितिका २२ सदस्य मध्ये उपस्थित १६ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए भने निवर्तमान संयोजकले निर्णायक मत हाल्न पाउने व्यवस्था छ । ६÷६ महिनामा संयोजक परिवर्तन हुने स्थानीय शान्ति समितिको निर्देशिका अनुसार आगामी ६ महिनाको लागि संयोजकमा चयन गरिएको शान्ति समितिका निर्वतमान संयोजक एक बहादुर कार्कीले बताए । कार्कीले १३ औ संयोजकको रुपमा आजै पदवाहाली गर्नु भएको छ । निवर्तमान संयोजक एक बहादुर कार्कीले पद हस्तान्तरण गर्दै केसीलाई शान्ति समितिको निर्देशिका भित्र रही संयोजक पदको गरिमालाई जोगाउन आग्रह गरे । उनले भने ‘उदयपुर जिल्ला शान्ति समितिले देशमै अलग्गै पहिचान बनाई सकेको कारण त्यसको गरिमालाई जोगाउनु आजको आवश्यकता हो ।’
पदभार ग्रहण गर्दै नवनियुक्त संयोजक केसीले जिल्लामा दिगो शान्ति स्थापना गर्न स्थानीय शान्ति समितिले यस अघि खेलेको भूमिकालाई समेत नजिरको रुपमा ग्रहण गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय स्तरमा हुने द्धन्द्ध व्यवस्थापन र द्धन्दपीडित परिवारहरुलाई राहतको लागि सदैव क्रियाशिल रहने समेत बताए ।
३ कार्तिक २०७३, बुधबार
0
Shares






