माउण्टेन एकेडेमीलाई स्थानीयको ध्यानाकर्षणपत्र

1.5k Shares

काठमाडौं । नेपाल माउन्टेन एकेडेमीलाई स्थानीय सरोकारवालाहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सोलुखुम्बु जिल्लको सोलु–दूधकुन्ड नगरपालिकाको वडा नम्बर ७ मा एकेडेमी राख्न करिव २७०० रोपनी क्षेत्रमा लगभग १८ वर्षदेखि साहसिक पर्यटन सम्बन्धी आध्यपनको कलेज सन्चालन गर्ने भने पनि हालसम्म संरचना नै बनाई सकेको छैन । केही वर्षदेखि एकेडेमीले काठमाडौंमै कलेजका ब्याचलर र मास्टर्सका क्लासहरु सन्चालन गरिरहेको छ, तर कुनै पनि क्लासहरु सोलुखुम्बुमा सन्चाल गरेको छैन । त्यसैले स्थानीय सरोकारवालाहरुले एकेडेमीका अध्यक्ष लगायतलाई भेटी एकेडमीको संरचना निर्माण मा भएको ढिलाइ, कलेजका क्लासहरु स्थानीय स्तरमा सन्चालन, जग्ग्गा मुआब्जा, ब्यबस्थापन समितिमा स्थानीयको प्रतिनिधित्व, स्थानीय विद्यार्थीलाई छात्रवृत्ति, कर्मचारी नियुक्तिमा योग्यता र क्षमताका आधारमा स्थानीयलाई प्राथमिकता, एकेडेमी संचालनमा स्थानीय सरोकारवालाहरुसङ्ग सहकार्य लगाएतका विषयमा ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै एकेडेमीका अध्यक्ष लाक्पाफुटी शेर्पाले एकेडेमी स्थापना गर्दाताका भएका कठिनाइका कथा सुनाउदै विभिन्न बाधा व्यवधान भएको र यसका बाबजुद पनि छिटोभन्दा छिटो कलेज सोलुखुम्बुमै सन्चालन गर्ने बताए । सम्बन्धित मन्त्रालय र मन्त्री, जिल्लाका साम्सद, पार्टी लगायतलाई पनि ध्यानाकर्षण गराउने स्थानीय सरोकारवालाहरुले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार