२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

जिप दुर्घटनामा एकको मृत्यु



बागलुङ, ३ असोज । यस जिल्लाको मल्म–७ मा ग १ च १४७३ नं को ‘पिक अप’ जिप आज दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गलकोट हटियाबाट मल्म जाँदै गरेको जिप बिसारेडाँडामा आज दिउँसो दुर्घटना हुँदा जिपमा सवार मल्म–७ का ७५ वर्षीय कर्णबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक रेश–१ का कुमार परियार घाइते भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेको परियारको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उकालोमा गुडिरहेको जिप एक्कासी पछि सरेर भीरबाट २०० मिटर तल खसेको थियो । बढी भार बोकेको हुनाले जिप उकालोमा चढ्न नसकी पछि सरेको हुन सक्ने ठानिएको छ । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७३, बुधबार  ३ : २८ बजे