सहुलियतपूर्ण कर्जा सम्बन्धी थुलुङदुधकोशी र लक्ष्मी बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

स्थानीय नागरिक हर्षित

सोलुखुम्बु । सहुलियतपूर्ण कर्जाको माध्यमबाट आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उदेश्य सहित थुलुङदुधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उद्यमशिल, स्वरोजगार र आत्मनिर्भर बनाउन सहुलियतपूर्ण कर्जा सम्बन्धि समझदारी पत्रमा सोमबार दुईपक्षबीच हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संसोधन समेत)को अधिनमा रहि कर्जा कार्यन्वयनमा सहयोग पु¥याउने, क्षमता विकास गरि पालिका भित्रका नागरिकलाई सक्षम बनाउने, उद्यमशिलताका माध्यमबाट उत्पादनमा जोड दिने र रोजगारी सृजना गर्ने, आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पु¥याउने सम्झौता पत्रको मुख्य उदेश्य रहेको छ ।

यस्तै बैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पूँजि समेत आर्जन गरि स्वदेश फर्किएका युवाहरुलाई पुनः विदेशिनुपर्ने बाध्यताबाट रोकी उद्यमसिलता संग जोडेर विदेशमा आर्जिन गरेको सीप, अनुभव र पूँजिको स्वादेशमानै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पु¥याउने तथा वित्तिय पहुँच एवम् वित्तिय समावेशीतामा अभिवृद्धि गर्ने लगायत सात वटा उदेश्य रहेको छ ।

गाउँपालिका अध्यक्ष असिम राई र बैंकको तर्फबाट रिटेल फिनानसियल सर्भिस प्रमुख दिपेश आमात्यले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारी पत्रमा उल्लेख भएअनुसार कार्यक्रम अगाडी बढाउनको लागि दुईपक्षबिचको भूमिका समेत उल्लेख गरिएको छ ।

जसमा गाउँपालिकालको तर्फबाट सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संसोधन समेत)लाई कार्यन्वयनका लागि इच्छुक समूह, उद्यमी, फम तथा सहकारीलाई उद्यमसिलता सम्बन्धि आवश्यक सीप प्रदान गर्ने र उनीहरुलाई कर्जाका लागि सिफारिस गर्नुपर्ने छ । यस्तै, बैंकले लगानी गरेको समूहको उत्पादन वृद्धिका लागि गाउँपालिकाले आवश्यक पुर्वधार निर्माणमा सहयोग गर्नुपर्ने, पालिकाको सिफारिसमा बिना धितो लगानी गरिएका कर्जाको असुलीमा समस्या भएमा पालिकाले सहयोग गर्ने र कर्जा जोखीम न्यूनीकरणका लागि पालिकाले विपद् कोष स्थापना गर्ने सहित नौ वटा भूमिका थुलुङ दुधकोशी गाउँपालिकाको रहेको छ ।

यस्तै बैंकको तर्फबाट पालिकाले सिफारिस गरेका फर्म, उद्यमी, समूह तथा सहकारीलाई पहिलो प्राथमिकताका साथ आफ्नो शाखा मार्फत सहुलियतपुर्ण कर्जा प्रवाह गर्ने, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संसोधन समेत)को आधारमा कर्जाको सिमा निर्धारण गर्ने लगायतको भूमिका रहेको छ ।

यसरी सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बैंक संग सम्झौता गर्ने थुलुङदुधकोशी गाउँपालिका प्रदेश एकमा पहिलो रहेको गाउँपालिका अध्यक्ष असिम राईले दावी गरे । देशको ७५३ वटा स्थानीय तहमध्ये पहिलो सम्बृद्ध गाउँपालिका निर्माणको महाअभियानमा रहेको भन्दै अध्यक्ष राईले जनजीविकाको सवालमा आफुहरु जिम्मेवार ढंगले काम गरिरहेको बताए ।

सफलताको शिखरमा थुलुङदुधकोशी

जिल्लाका विभिन्न क्षेत्रका नागरिकले उच्चारण गर्ने नाम हो थुलुङ दुधकोशी । कारण त्यस गाउँपालिकामा भएका विकास निर्माणनै हो । जिल्लामै पहिलोपटक गाउँपालिकाको केन्द्र, नामकरण, लक्ष्मी बैंकको शाखा सञ्चालन तथा प्रशासनिक भवन निर्माण गरी सञ्चालन गरेको गाउँपालिकाले स्थानीयको सहभागीतामा ५० शैयाको दूधकोशी सामुदायिक अस्पताल भवन निर्माण सहित अन्य थुप्रै काम गरिरहेको छ । गुणस्तरीय सेवा सहितको अस्पताल सञ्चालनका लागि धुलिखेल अस्पताल संगको छलफल अन्तिम चरणमा पुगेको गाउँपालिकाका सल्लाहकार एवम् अस्पताल सञ्चालक समितिका कोषाअध्यक्ष बलराम गुरुङले बताए ।

यता स्थानीय सर्वसाधरण नागरिकले समेत गाउँपालिकाको कार्यप्रति खुलेर प्रशंसा गर्छन् । गाउँपालिका २ का स्थानीय टीका बहादुर थापाले सोचेको भन्दा बढी बिकास भएको भन्दै आफुहरु स्थानीय सरकार प्रति सन्तुष्ट रहेको बताए ।

यस्तै सहुलियतपूर्ण कर्जा सम्बन्धि गाउँपालिका र बैंकबिच भएको सम्झौता पछि झनै स्थानीय हर्षित बनेका छन् । बैंकको पहुँच भन्दा बाहिर रहेका र विभिन्न वित्तिय संस्था मार्फत महङ्गो ब्याज तीर्न बाध्य भएका पालिका बासी सरल कर्जा प्राप्त गर्ने भएपछि हर्षित बनेका हुन् । गाउँपालिका ८ का मेखराज तामाङले समेत बाख्रापाल व्यवसाय सञ्चालन गरिरहेको भएपनि सहयोग प्राप्त नहुँदा व्यवसाय बृद्धि गर्न नसकेको बताए ।

उले भने, “गाउँपालिकाको योजना सर्वसाधरण नागरिकको हितमा छ, सबैले सदुपयोग गर्न सकेको खण्डमा सम्बृद्धि टाढा छैन ।” गाउँघरका साँहू माजनबाट ऋण लिनुपर्ने भएमा २४ देखि ३६ प्रतिशत सम्म ब्याज तिर्नुपर्छ भने लघुवित्त वित्तिय संस्था मार्फत १८ देखि २४ प्रतिशत सम्म ब्याज तिर्नुपर्ने बाध्यता रहेको थुलुङदुधकोशी ७ का शिबबहादुर राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार