पर्यटन व्यवसाय व्युँताउन नेपालसहित ४ देशले संयुक्त छलफल गर्दै

नेपाल, भारत, श्रीलंका र माल्दिभ्सले संयुक्त छलफल गर्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)का कारण थला परेको पर्यटन व्यवसाय पुनः व्युँताउनको लागि नेपाल, भारत, श्रीलंका र माल्दिभ्सबीचमा संयुक्त छलफल हुने भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको श्रीलंका भ्रमणको समयमा यस्तो सहमति भएको हो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले जयशंकरसँगको भेटपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारत, श्रीलंका, नेपाल र माल्दिभ्सको बीचमा पर्यटन व्यवसायलाई व्युँताउन बाटो पहिल्याउनको लागि सकेसम्म छिटो छलफल गर्ने निर्णय भएको छ ।’

भारतीय विदेशमन्त्री एस जयशंकर यतिबेला माल्दिभ्सको भ्रमणमा छन् । भारतको संयोजनका ४ देशका पर्यटन मन्त्रीहरुको बैठक निकट भविष्यमा नै बस्ने भनिए पनि मिति निश्चित गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार