सोलुखुम्बुका २ जना बिरामीको उपचारमा नेता आङछिरिङ

उपचारमा लाग्ने सम्पूर्ण खर्च नेता शेर्पाले व्यहोर्ने

काठमाडौं । सफल पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पाले २ जना बिरामीको उपचार गराई रहेका छन् ।

नेता शेर्पाले सोलुखुम्बु स्थायी घर भएका २ जना बिरामीको काठमाडौंस्थित अस्पतालमा उपचार गराईरहेका हुन् । सोलुखुम्बुबाट शेर्पाकै खर्चमा २ जना बिरामीलाई काठमाडौं ल्याई उपचारको सम्पूर्ण खर्च समेत शेर्पालेनै व्यहोर्ने गरी बिरामीको उपचार गराईरहेको नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए ।

सोलुखुम्बुको सोताङ वडा नं १ स्थायी घर भएका बिरामी नेत्र बस्नेत र वडा नं. ४ घर भएका बिरामी समिकला राईको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा लाग्ने सम्पूर्ण खर्च नेता शेर्पाले व्यहोर्ने बताएको सभापति बस्नेतले बताए ।

नेता शेर्पाले सोलुखुम्बुबाट काठमाडौंसम्म बिरामी ल्याई उपचारमा लाग्ने सम्पूर्ण खर्च समेत व्यहोर्ने भएपनि नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले पनि आर्थिक सहयोग गर्ने सभापति बस्नेतले बताए । सम्पर्क समितिले काठमाडौंमा बसोबास गर्ने जिल्लाबासीलाई विभिन्न समयमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको पनि बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार