दुर्घटनामा दुईको मृत्यु

Facebook Debugger

इटहरी, १३ भदौ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा आज भएको घटनामा दुई जनाको मृत्यु भएको छ ।

रामधुनीभासी नगरपालिकाबाट बराहक्षेत्रको चतरा मलामी जाँदै गरेका ६० वर्षीय छेदन चौधरीको को १ त ६२५० नं को ट्र्याक्टरबाट खसेर मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच नरसिंह–९ बस्ने प्रकाश उराँवका दुई वर्षीय छोरा राकेशको घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा घाइते भई जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार