२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

विपत् उद्धार सामग्री हस्तान्तरण



नेपालगन्ज, ४ कात्तिक । बाँके जिल्लाको बैजापुर गाविसस्थित इलाका प्रहरी चौकी, धामपुर र कचनापुर गाविसको इलाका प्रहरी चौकी, गाभरलाई विपत् व्यवस्थापन सामग्री बुधबार हस्तान्तरण गरिएको छ ।

बालबालिका केन्द्रित विपत् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत ती दुवै चौकीलाई करिब रु दुई÷दुई लाख बराबरको उद्धारसम्बन्धी सामग्री उपलब्ध गराइएको छ । सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्बलद्वारा जिल्लाका आठ गाविसमा सञ्चालित सो कार्यक्रमअन्तर्गत विद्यालय तथा समुदायलाई दैवी प्रकोपबाट सुरक्षित बनाउने उद्देश्य लिइएको कार्यक्रम संयोजक दीपेन्द्र चौधरीले बताउनुभयो ।

यसअघि पनि क्लबले कार्यक्रम सञ्चालित अन्य गाविसका विद्यालयलाई भूकम्पबाट बालबालिकालाई सुरक्षित राख्ने विपत् सुरक्षा सामग्री उपलब्ध गराएको थियो । बाँके जिल्लाका प्राविधिकका अनुसार जिल्लामा अधिकांश भौतिक संरचना भूकम्प प्रतिरोधात्मक नभएकाले जोखिमको अवस्था अधिक रहेको छ । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७३, बिहिबार  ३ : ५७ बजे