२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

फरार दुई अभियुक्त पक्राउ



राजविराज, ४ कात्तिक । जबर्जस्तीकरणी मुद्दाका फरार दुईजना अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादीे जिल्ला सप्तरी हरिहरपुर–१ बस्ने रामनाथ चौधरी र नवीन चौधरीलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । पक्राउ गरिएका दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरी चौकी बर्साइनबाट खटिएको प्रहरी टोलीले जिल्लाको बर्साइन–२ स्थित हनुमाननगर (रामपुर मलहनिया सडकखण्ड) मा भारतबाट भन्सार छली नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको २५ पिस साडीसहित भारतको कुनौली–१२ बस्ने ३५ वर्षीय बिपिन रजकलाई पक्राउ गरिएको बताइएको छ । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७३, बिहिबार  ३ : ५८ बजे