३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

दुर्घटनामा तीनको मृत्यु, १३ यात्रु घाइते



लहान, ४ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया–६ मा गएराति ट्रक र बस एकआपसमा ठोक्ँिकदा बसमा सवार तीनजनाको मृत्यु भएको छ भने अन्य १३ यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडाँैतर्फ जाँदै गरेको ना ५ ख ४८८९ नंको मकालु यात्रुवाहक बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ४१३० नंको ट्रक राति २ बजेतिर एकआपसमा ठक्कर दिँदा बसमा सवार भारतको सिक्किम गान्तोक निवासी ३३ वर्षीय पायल अग्रवाल, सोही ठाउँका ३० वर्षीया बिन्दिया गुरुङ र पाँचथरको रवि–६ निवासी ३५ वर्षीया ननुका राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीण्क्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी काठमाडाँै निवासी अनुका थापा, सोही ठाउँका विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा, सङ्खुवासभाको धुपु–५ निवासी दिलु कलाखेती, इलामको आमचौक–३ निवासी कसिस क्षेत्री, पशुपतिनगर–५ निवासी लाक्पा तामाङ, बाराको सिमरा निवासी हिरा कार्की, सोही ठाउँका अदिती कार्की, कृष्णबहादुर कार्की, र पाँचथरको रवि–५ निवासी मनोज राई घाइते भएको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो ।

घाइतेमध्ये अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको र अन्य घाइतेको स्थानीय रेखा नर्सिङ होम मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sagarmatha

ठक्कर दिने ट्रकका चालक मकवानपुरको हेटौँडा–३ निवासी फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७३, बिहिबार  ८ : २६ बजे